दिल्ली जानुभन्दा अघि सबै कुराको जानकारी लिनेबारे हातेमालोको सेमिनार सम्पन्न
सिए सरोकार संवाददाता
३ माघ २०७१, शनिबार ११:३२
विशेषगरी भर्खर सीपीटि उतिर्ण गरी भारतमा आईपीसीसीमा अध्ययन गर्न चाहाने विधार्थीका लागि हातेमालो नेपाली विधार्थी समूहले “निर्णय लिनु भन्दा अघि सबै कुराको जानकारी लिउं” भन्ने बिषयमा एक सेमिनारको आयोजना गरेको छ। सीपीटि उतिर्ण गरी भारतमा अध्ययन गर्न चाहाने विधार्थीका लागि दिल्ली बसाईंका अवसर र चुनौतिहरु , दिल्ली बसाईंका क्रममा भोग्नु पर्ने समस्याहरु, लाग्ने खर्च, दिल्लीमा रही आईपीसीसी अध्ययन गर्नुको कारणबारे सेमिनारमा अन्तरक्रिया गरिएको थियो। पुतलीसडकस्थित एजुकेसन डटकममा आयोजित उक्त कार्यक्रममा विभिन्न सिए विधार्थी तथा सिएहरुले दिल्ली बसाईंका बारेमा बोल्नुभएको थियो। कार्यक्रममा सिए भरत रिजाल, सिए नारायाण कंडेल, सिए देवेन्द्र गौतम लगायतका सिएहरु उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम हातेमालो नेपाली विधार्थी समूहकि कार्यकारी सदश्य सिभिरा लामाले संयोजन गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस्