चाचाजिका चिया का पसलहरु, नेपाली दाईका मोमो कापसलहरु, लाईब्रेरी बहिरका बाराण्डाहरु,कक्षाकोठाभित्रका अन्तिम बेन्चहरु, मेट्रो रेलका डिब्बाहरुअर्थत्, जहाँ नेपाली सिएका बिद्यार्थीहरु र सिए हरु हुनसक्छनअहिले बहसको एउटा मात्रै बिषय बनेकोछ, आईक्यानले ल्याउन लगेको भनिएको ‘रि–आर्टिकलसिप‘
को प्रावधान। आइक्यानको बार्षिक उत्सवमाको अवसरमा सँस्थाका अध्यक्ष महेश गुरागाईँले दिएको,बिदेशमा पास गरेका सिए लेनेपालमा आएर फेरी अधिकतम एकबर्षसम्म ‘रि–आर्टिकलसिप’ गर्नुपर्ने भन्ने अभिवक्ती अहिले दिल्लीस्थित आइसिएआई अध्ययनरत नेपाली सिए विद्यार्थीहरुको आक्रोशको बिषय बनेको छ।उनले दिएको अभिव्यक्तीलाई आधार मान्नेहो भने यो ब्यबस्था सुरुवात गर्न लागिएको मुख्य कारण डमी सिए हरुलाई निरुत्साहित गर्ने र लेखापरिक्षणलाई गुणस्तरिय बनाउने भनिएकोछ।तर यसको जटिल संरचना र यो संङ जोडिएका अरु पाटोहरुलाई पनि हेर्ने हो भने अध्यक्षको यो तर्कमा पुर्वग्रहपूर्ण सोचको चरम नमुना भेटाउन सकिन्छ। आइसिआई बिश्वको दोश्रो ठूलो
‘प्रोफेसनलअकाउन्टिङ वोडि’ हो।बिश्वका सयौँ देशहरुमा अहिले यससंस्थाबाट पास भएका सिएहरु स-सम्मान काम गर्दैछन।साथै नेपालमा पनि करीव ७५ प्रतिसत भन्दा धेरै सिएहरु यहिंबाट पास भएका सिएहरु छन।अहिले पनि आइक्यन अध्ययनरत नेपाली सिए विद्यार्थी भन्दा आइसिआई अध्ययनरत सिएको संख्या तुलनात्मक रुपमा धेरै छ।
के उनले भने जस्तै डमी मुख्य समस्या हो त?
पहिलो कुरा,यो‘डमी’भन्नेशब्द कसरीआयो त्यसको कुनै अधिकारिक श्रोत छैन।त्यस्तै डमी सिएहरु कसरी बन्छन त्यसको पनि कुनै बैधानिक आधार छैन।आइसिआईले कहिले पनि डमी गरेकाहरुलाई सिएको डिग्री दिंदैन। आइसिआई मा डमी लिएर पनि सिए बन्न सकिन्छ भन्ने कुनै प्रावधान पनि छैन।यसरि कानुनीरुपमा हेर्दा कोही पनि सिए डमी छैनन।सबैले ३ बर्ष ‘आर्टिकल्सिप’ गरेरै सिएको सर्टिफिकेट लिएका छन। दोश्रोकुरा,
यदी उनले भनेको डमिको आधारलाई सत्य मान्ने हो भने के आइसिएआईबाट पास गरेका सबै सिएहरु डमी हुन? यो बहस हुँदै गर्दा हामीले अनौपचारिक रुपमा केहि संख्यालाई ‘स्याम्पल’ लिएर हामीले अध्ययन गरेका थियौँ।त्यो अध्ययनमा १०० जनामा २ जनाले ‘पूर्णडमी’ र ३ जना एक बर्ष काम गरेर अध्ययनको लागी बसेका विद्यार्थीहरु भेटिए भने ९५ जनाले पूर्ण रुपमा आर्टिकल सिप गरेकोभेटियो। अब यसरि हेर्दा आइक्यान ले दिएको आधार कती बैज्ञानिक छ त
? आइक्यानको समस्या २ प्रतिसत सँग हो या ९८ प्रतिसत? एक दुई वटा घटनाको आधारमा के पुरै प्रोफेसनको इमान्दारिता प्रती प्रश्न उठाउने नैतिकता आइक्यान र सँस्थाका अध्यक्ष महेश गुरागाईं सँग छ?

के नेपालमा लेखापरिक्षणको गुणस्तर बढाउन यसले सहयोग गर्छ
?
?
यो तर्क केवल तर्कको लागी मात्रै बोलिएको हो भन्ने देखिन्छ।सिएहरुलाई रोकेर गुणस्तर ल्याउँछु भन्नु अध्यक्षको अवैज्ञानिक सोचको उपज हो।
‘एक ब्यक्ती एक पेशा ‘मा भएको निर्णयलाई पनि लागु गर्न नसक्नुर सिएको प्रोफेसनको इमान्दारिताप्रतीनै प्रश्नउठाउनु ले नेतृत्वकै नियत प्रती प्रश्न उठाएको छ।यहाँ बाट हेर्दा आइक्यानको नेतृत्व दुरगामी सोंच र निर्णय मा इतिहासकै सबैभन्दा कमजोर मोडमा देखिएको छ।

के हुनसक्छ यो निर्णयको प्रभाव
?
?
पहिलो,
यस्तो खाले अभिव्यक्ती र निर्णयले सिए प्रोफेसनभित्र जहिले पनि राजनिती र गुटवाद हावी रहनेछ।आइक्यानबाट पास भएका सिए र आइसिआईबाट पास भएका सिएहरु दुईवटा जाती जस्तो छुट्टिने छन र दिर्घकालिन रुपमा यस्ता समस्याहरु नभएको बेला पनि शित्–युद्धकै रुपमा आन्तरिक टक्रावजारी रहनेछ।यसले गर्दा आइक्यान कहिले पनि गुणस्तर तथा अन्य आवश्यक मुद्दाहरुमा पनि एक जुट हुन सक्ने छैन। दोश्रो,
यदी यो निर्णय कार्यन्वनमा आयो भने,
आइक्यानले भने जस्तो डमी समुह कहिले पनि बहिर रोकिदैन तर बिदेशमा अध्ययन गरेर बिश्वब्यापी स्कोप बनएको राम्रो क्षमतावान समुह अव नेपाल फर्किने छैन। उनिहरुलाई जागिरको समस्याछैन। पुरै संसारभर कुनै पनि देशमा सम्मानपूर्ण काम गर्न पाउने छन।यसबाट गुठवादमा रमाएको आइक्यन र सिएहरुको संख्या घटाएर आफ्नो बोलवाला कायम गर्न खोज्ने आरए
(Registered Auditors) हरुलाई त फाइदा हुनेछ तर समग्रमा देशलाई घाटा हुनेछ। हामिले भन्ने गरेको ब्रेनड्रेन
(Brain Drain) समस्यालेअझ प्रसय पाउनेछ। तेश्रो,
दिल्ली मा यो समस्यालाई लिएरआइसिएआइ सम्म पनि जाने कि भन्ने बहस चल्दैछ।मुद्दा राट्रीयताभन्दा पनि प्रोफेसनसँग संवन्धित भएकोले यो तर्क पनि सकरात्मक नै मान्न सकिन्छ।यदी कुरा त्यो स्तरमा गयो भने दुईवटा प्रोफेसनल बोडीहरुमै टक्राव आउनेछ।यसबाट नेपालसँग साझेदारी गर्न इन्कार गरेको आइसिएआइलाई त कुनै घाटा पुग्ने छैन तर स्थापनाकाल देखी नै सहयोग लिएको कारणले गर्दा आइक्यानलाई सबैभन्दा धेरै घाटा हुनेछ। आइक्यानबाट पास गरेका सिएहरुको बिश्वब्यापी यात्रा अब झन एउटा सपना मात्र पनि बन्न सक्नेछ।यो आइसिएआई को सि एविद्यार्थीको आँखाबाट हेर्दा पनि दुखलाग्दो कुरा हो।

अन्तिममा, नेपाली विद्यार्थीहरुको दिल्ली पढ्न आउनु कुनै चाहना होईन। चुस्त,
स्वस्थ , गुणस्तर र बिश्वब्यापी मान्यताआइक्यनमा हुने हो दिल्लीआउने क्रम आफै रोकिनेछ।त्यसैले यो अभिब्यक्ती एउटा सिमित घेरा र सोचले निम्ताएको अस्वस्थ प्रतिस्प्रधाको उपज हो।यदी आइक्यनले कार्यन्वन गरे पनि निर्णय दिर्घाकालिन बन्ने छैन। दिल्लीबाट संस्थागत रुपमा हातेमालो ले एउटा लडाईँको नेतृत्व गर्दैछ।आफ्नो प्रोफेसन जोगाउन हामी सिए तथा सिए विद्यार्थीहरु एकपल्ट फेरी एकजुट बन्ने बेला आएको छ।यो आइक्यान र आइसिएआई पढ्ने विद्यार्थी बिचको लडाई होईन यो प्रोफेसनको लडाई हो।आइक्यानलाई भ्रष्ट्रीकरण हुनबाट बचाउने लडाई हो।आफ्नो बोलवाला कायम गर्न गरेको अस्वस्थ प्रतिस्प्रधालाई हटाउन सुरु गरिएको लडाई हो। आशाछ,
आइक्यानका साथीहरुले पनि यसको लागी साथ दिनु हुनेछ।हामी सबै मिलेर अरु बैज्ञानिक बाटोबाट आइक्यान लाई गुणस्तरिय र बिश्वब्यापी गराउन सक्छौँ।यसमा दिल्लीबाट सबै नेपाली सिए विद्यार्थीहरुको सहकार्य हुनेछ।

PraveshAcharya,CA Final, ICAI
प्रतिक्रिया दिनुहोस्