
सोचे जस्तो त के हुन्थ्यो र , त्यतिखेरको क्याप-१ ले नै ३ तारा देखाईदियो, ज़िन्दगीमा कहिल्यै एकाउंट नपढेको मान्छे न परियो . डेबिट र क्रेडिट त कालो अक्षर भैसी बराबर। बल्लबल्ल ३ चोटी मा क्याप १ पास गरियो . अनी बाध्यताबश क्याप टु पनि पढ्नुपर्यो। कन्फिडेंसको त टाइं टाइं फिश भैसकेको थियो। एउटा इंस्टिट्यूट पनि जोइन गरियो त्यहा त्यतिखेरको एकजना सिक्षक देखें। सुरुमा देख्दाखेरी त भर्खर बिबिएस पढन आएको जस्तो देखिन्थ्यो, सिए पो रहेछ। त्यो पनी टपर रे ! आत्मविश्वासको त कुरै नगरौ। ट्याक्स सिक्षकले हेप्यो भनेर पूरै ट्याक्स २ दिनमा पढेर सकाएको रे , अनी परिक्षामा त ७०-७५ ल्याको भन्छ त ! अनि त्यसो भए अरुलाई मात्रै परिक्षामा छानेर गार्हो प्रश्न दिएको त होइन होला नि , त्यस्तो के रहेछ , त्यो सर भित्र भनेर खूब सोचियो . लास्ट मा उत्तर निकाले। ‘द्याट वाज द स्पिरिट’ !
त्यसपछीचाही म पनि गर्न सक्छु र गरेर देखाऊछु भनेर पढन थालियो। क्लास बंक गरेरै भएपनि पढन थालियो . जसरी बुझिंछ त्यसरी , जुन किताब बुझिंछ त्यही किताब, जहा पढ्न मन लाग्छ त्यही,. पहिलो एटेम्ट त सकिएन तर दोश्रो मा भने गरेरै छाडियो। आर्टिकलशिप पनि ताकियो बिग फोर मा, तर भाग्यमा लेख्या भएपो, T.R. Upadhya र C.S.Cको सपना देखेको मान्छे लास्टमा तिनीहरुको छिमेकीमै चित्त बुझाउनु पर्यो। NBSMमा बोलायो अन्तर्वार्ताको लागी . अरु ठाऊमा त हावा प्रश्न सोध्छ भन्थे मलाई त “tell me about yourself “ पुरै अंग्रेजीमा। मैले पनि जानेको सब अंग्रेजी देखाइदिए . भोली पल्ट कल आयो “congratulations you have been shortlisted for the articleship you can join from today” भनेर। त्यसपछी त सकिगो नि “कटी काम गर्ने कटी काम गर्ने म त काम गरेरेई मरने भयो” भने जस्तै भयो . तर पछी लाग्न थाल्यो it is a family that is highly motivated towards excellence .sometimes all juniors and seniors used to work till 11 in the night toghther and in every occasion we used to celebrate whether it was a birthday or it was a ending of poush 30, whether it was a joy of festival or joy of winning a game. I don’t think there is any other audit firm where u are willing to work till 11 in the night or u r willing to work in Saturday. Here people don’t need to persuade other to work in rush hour till night or in Saturday. Here juniors don’t need to shiver to ask for a leave , here u don’t need to get scared that seniors are near you, you are always welcomed for innovations, learning and some jokes. you can always laugh together and you can always share your views, your dissatisfaction with senior partner. Simply, NBSM is never a office, it is a home where u work with other family members, it is a school where u r always welcomed for your learning desire and it is a open desk where u can always express your views whether u r 1st year article or senior partner. यहाँ आएर बल्ल CA पढेर रमाइलो लाग्न थाल्यो।
यो लेख एन बि एस एम ले आयोजना गरेको एक प्रतियोगिता का लागि छनोट भएको छ। यसलाई भोट गर्न यहाँ गएर पोस्ट लाई लाइक गर्न सकिनेछ। तस्बिर : सुमन श्रेष्ठको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्