Skip to content

एनकासाले प्राबिधिक ज्ञान अभिमुखीकरण तालिमको आयोजना गर्ने

नेपालमा रही आइक्यान अन्तर्गत को सिए अध्ययन गरिरहेका सिए बिधार्थीहरुको छाता सङ्गठन नेपाल चार्टड एकाउन्टेन्ट बिधार्थी एसोसिएसन (एनकासा) ले प्राबिधिक ज्ञान अभिमुखीकरण तालिमको आयोजना गर्ने भएको छ । IFRS/ NAS/ NSA/ COMPANY AUDIT जस्ता बिषयमा प्राबिधिक ज्ञान बढाउने उदेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका सम्योजक अनिल शर्मा र मनोज पौडेलले बताएका छन ।

जनवरि १८,२०१३ मा आयोजना हुन लागेको उक्त कार्यक्रम मा सिए अध्ययन गरिरहेका बिधर्थिले नि:सुल्क प्रबेश पाउने बताइएको छ । NAME BUILDING पुतलिसडकको ५औ तल्लामा रहेको सेमिनार हलमा उक्त कार्यक्रम हुने एनकासा स्रोतले बताएको छ ।TDS Tax deducted at source बिषयमा सिए उमेश राज पाण्डे र Technical and Fundamental analysis of Capital Market in context of Nepal बिषयमा सिए रामचन्द्र खनालले उक्त कार्यक्रममा बोल्नु हुने बताइएको छ ।

यसै बिच नेपाल चार्टड एकाउन्टेन्ट बिधार्थी एसोसिएसन (एनकासा) ले उक्त कार्यक्रममा शाहभागि हुन सम्पूर्ण सिए बिधार्थीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्