Skip to content

बुबासँगको बाजीले बदलेको जिन्दगी

सिए अनल राज भट्टराई
के करिअर रोज्ने भनेर किंकर्तव्यविमूढ भएका बेला एकदिन सिए अनल राज भट्टराईका  हजुरबुबा नयाँ प्रस्तावसहित झुल्किए। ‘चार्टर्ड एकाउन्टेन्सी पढ’, हजुरबुबाले सुझाव दिए, ‘बरु ढिला नगर। जतिसक्दो चाँडो गर।’ ‘हजुरबुबाको सुझावले म दंग परेँ’, उनले सम्झिए, ‘तर बुबाको चेतावनीले निराश।’ ‘तैँले सिए कोर्स कहिल्यै पुरा गर्न सक्ने छैनस्’, बाबुले बाजी ठोके, ‘यो संसारको गाह्रो विषय तैँले पुरा गर्लास् भन्ने म पत्याउन्न।’ अनलले आफ्नो क्षमताका बाबजुद बाबुको च्यालेन्ज स्वीकारे। ‘मैले अमेरिका पढ्न जाने विचार त्यागिदिएँ। कोर्स पुरा गर्न नसकौँला कि भन्ने डर पनि थियो मनमा’, उनले सम्झिए, ‘ मैले परीक्षाहरुमा कहिल्यै ६० ल्याउन सकिन।’   तर उनकी आमाको भने चाहना बेग्लै थियो। ‘छोरो मन्त्री बनोस् भन्ने चाहना थियो आमाको’, उनले भने, ‘आमा मलाई ‘मन्तरी’ बन्’ भन्नुहुन्थ्यो।’ उनका बाबुले च्यालेन्जमात्र गरेनन्, त्यसका लागि बाटो पनि देखाइदिए। अध्ययनका लागि भारत जानुपूर्व उनले छोरालाई चार्टर्ड एकाउन्टेन्सी फर्ममा लगे। त्यहाँ कसरी काम हुन्छ भन्ने देखाए। त्यो घुमघामले उनमा उत्प्रेरणा मिल्यो।
त्यसपछि लागे उनी चार्टर्ड एकाउन्टेन्सी पढ्न भारततर्फ। ‘बुबासँगको बाजी जित्ने यात्रा सुरु भयो। बुबाकै शब्दमा संसारकै गाह्रो विषय फेस गरेँ र योग्य पनि भएर निस्किएँ’, उनले भने। बाबुले जानीजानी गरेको च्यालेन्जले उनको जीवन बदलियो। ( बिजमान्डु बाट साभार )

प्रतिक्रिया दिनुहोस्