Skip to content

एक्यानद्वारा बनभोज कार्यक्रमको आयोजना

एक्यानले आयोजना गरेको पिकनिकको एक झलक
नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान ) ले फाल्गुन २ गते बनभोज कार्यक्रमको आयोजना गरेको छ। आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत एक्यानले हिजो बनभोज कार्यक्रमको आयोजना गरेको थियो।  काठमाण्डौको गोकर्णस्थित नोर्लिंग रिसोर्टमा आयोजित उक्त कार्यक्रममा विभिन्न सिएहरुका साथै केहि सिएहरुका परिवारको पनि उपस्थिति रहेको एक्यान स्रोतले जनाएको छ।  कार्यक्रममा विभिन्न मनोरन्जनात्मक खेल खेलाई बिजेताहरुलाई नगद पुरस्कार समेत प्रदान गरिएको एक्यान स्रोतले बताएको छ। एक्यानले यसखाले बनभोज कार्यक्रम बार्षिक रुपमा गर्दै आएको छ।  सामान्यतया आफ्नो काममा ब्यस्त हुने सिएहरुलाई एकत्रित गरी रमाइलो गर्ने उद्देश्यका साथ एक्यानले यस खाले कार्यक्रम गर्दै आएको छ। यसपालीको एक्यानको बनभोज कार्यक्रम भने केहि हदसम्म आईक्यानको आशन्न चुनावमा आफ्नो उमेद्वारको प्रचार गर्ने थलोको रुपमा समेत परिणत भएको उपस्थित केहिले प्रतिक्रिया दिएका छन्। तस्बिर : सिए बालचन्द्र श्रेष्ठको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्