Skip to content

एनकासाको अध्यक्ष पदबाट मनोज पौडेलको राजीनामा, नयाँ अध्यक्षमा अनिल आचार्य

नेपाल चार्टड एकाऊन्टेन्ट्स  बिधार्थी संगठन एनकासाको अध्यक्ष पदबाट मनोज पौडेलले राजीनाम दिएका छन् । एनकासाको कार्यसमितिले  पौडेलको राजिनामा स्वीकृत गरीसकेको बताएको छ । यसैबीच आज एक कार्यक्रमका बीच मनोज पौडेललाई एनकासामा पुर्याएको योगदानको सम्मान गर्दै प्रसंशा पत्र प्रदान गरेको छ । मनोज पौडेलले ७ महिना एनकासाको अध्यक्षको रुपमा कार्य गर्नु भएको थियो  । एनकासाको बिधान अनुसार मनोज पौडेल बिधार्थी नरहेपछी उनले अध्यक्षको पदबाट राजिनामा दिनु परेको हो ।
नयाँ अध्यक्षमा अनिल आचार्य : एनकासाको नयाँ  अध्यक्षको जिम्मेवारी अव उपरान्त अनिल आचार्यले सम्हाल्ने
भएको छन् । एनाकासाले औपचारिक रुपमा अनिल आचार्य एनकासाको नयाँ अध्यक्ष
भएको बताईसकेको छ । अनिल आचार्यले यस अघि कार्यकारी समितिमा रही कार्य
गरीसकेका छन्  ।
एनकासाका विभिन्न कार्यक्रमहरुमा महत्वपूर्ण योगदान दिएका  आचार्य एनकासाको नयाँ अध्यक्षमा कार्यकारी समितिले निर्वाचित गरेको हो ।   
कस्तो रह्यो मनोज पौडेलको कार्यकाल ? :पछिल्ला बर्षहरुमा केहि सुस्ताएको एनकासालाई मनोज पौडेलभन्दा अघि अध्यक्ष
बनेका शिव राम कटवालले क्रियाशील बनाएका थिए । मनोज पौडेलले पनि शिवराम
कटवालको कार्यलाई निरन्तरता दिंदै एनाकासालाई निकै नै क्रियाशील बनाएका थिए
। उनको अध्यक्षतामा एनकासाले विभिन्न ‘टिकेई’ तथा ‘मोटिभेसनल’ कार्यक्रमको
सफलतापूर्ण रुपमा आयोजना गरेको थियो । पौडेलकै अध्यक्षतामा एनाकासाले
एनाकासा कप क्रिकेट , सिनर्जी प्रकाशन, रक्तदान कार्यक्रम  लगायतका
कार्यक्रमहरु सम्पन्न गरेको थियो भने उनकै अध्यक्षतामा  एनकासाले क्रिकेट
प्रतियोगिताको आयोजना गर्न एनाकासाले  थुप्रै सहयोगी हातहरु  पाएको थियो  ।
 उनकै अध्यक्षतामा एनाकासा पुन : एक पटक क्रियाशील भएको बिधार्थीहरुले बताएका थिए । आईक्यानमा बढेको शुल्क, हल टेस्टमा हुने भनिएको अनियमितता, बिधार्थीले आर्टिकलशिप  ताका भोग्ने समस्या जस्ता बिषयमा उल्लेखनीय केहि नगरेको आरोप लागे पनि बिगतका नेतृत्वभन्दा बढी नै केहि गर्ने प्रयाश गरेकोमा भने उनको प्रसंशा हुने  गरेको छ । बिधार्थीले भोगेका कतिपय समस्याप्रति आईक्यानको नेतृत्व अगाडी नै खुलेरै बिचार राख्ने अध्यक्षको रुपमा समेत उनी परिचित छन् । एनाकासाका विभिन्न प्रतियोगितामा निस्किएका कतिपय बिबादहरुलाई सहि तरिकाले सुल्झाएको श्रेय पनि उनलाई गएको छ । निकै शालीन रुपमा प्रस्तुत हुने मनोज पौडेलको कार्यकाललाई समग्रमा निकै नै राम्रो भन्न सकिने बिधार्थीहरुको धारणा छ ।
कस्ता छन् नयाँ अध्यक्षका चुनौतिहरु ? : पछिल्लो समय एनकासा केहि गैर बिधार्थीहरुको ‘रोड म्याप’ अनुसार चलेको र
केहि व्यक्तिहरुको प्राइभेट कम्पनी जस्तो क्रियाकलाप गरिएको भन्ने आरोप
लागिरहेका बेला अनिल आचार्यलाई उक्त आरोप चिर्न सजिलो भने छैन । मनोज
पौडेलले निकै क्रियाशील रुपमा एनकासाका कार्यक्रमहरुमा दिएको समय दिनु उनको
अर्को चुनौती हो ।
 आईक्यानका विभिन्न क्रियाकलापहरुमा एनकासाको भूमिका रहने भन्ने चर्चा चलिरहेका बेला आईक्यानको आशन्न चुनावमा “एनाकासा गलत रुपमा प्रयोग हुने त होइन ?” भन्ने हल्ला नेपाली सिए बजारमा चलिरहेका बेला उनले एनाकासालाई सम्हाल्नु उनको अर्को चुनौती हो । गैर राजनीतिक संगठन भए पनि बेलाबेलामा आईक्यानको फोहोरी राजनीतिमा मुछिएको भन्ने आरोप लागिरहेका बेला एनकासालाई गैर राजनीतिक संगठनकै रुपमा प्रस्तुत गर्नु उनको अर्को चुनौती हो । यद्यपि एनकासाका हरेक कार्यक्रममा निकै नै क्रियाशील भएको बिगतको अनुभवले पनि उनको कार्यकाल सफल हुनेछ भन्ने बिश्वास भने धेरैको छ ।

प्रतिक्रिया दिनुहोस्