एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ परे लगतै एसोसिएसन अफ चार्टड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) ले कार्यकारी बैठक बसी यस घटना प्रती गम्भिर ध्यानाकर्षण भएको बताएको छ । एक्यानले प्रेस बिग्यप्ती जारी गर्दै देशमा लेखा ब्यवसायको बिकास बिस्तार र नियमन गर्ने एक मात्र निकाय आइक्यान भएको भन्दै घटना प्रती दु:ख ब्यक्त गरेको छ । देशमा रहेका अन्य निकायले नागरिक को जाच गर्ने अधिकार भएपनी आइ क्यान सँग सिए हरुलाई नियमन गर्ने अधिकार हुँदा हुँदै पनि सि.आइ.बिले लेखा परिक्षक पक्राउ गरेकोमा एक्यानले असन्तुस्टी ब्यक्त गरेको छ । शनिबार एक्यान को कार्यकारी बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्