हातेमालो नेपाली बिधार्थी समुहले आइसिएआइमा पहल गरेर आइसिएआइले आइक्यानलाई निर्णय फिर्ता लिन दबब दियो भने तपाईंहरु के गर्नु हुन्छ भन्ने सिए सरोकारको प्रश्नको उत्तरमा उहाले भन्नु भयो ‘आइक्यान त्यती सम्म परनिर्भर छैन । आइसिएआइले भन्ने बित्तिकै आइक्यानले मान्छ भनेर सोच्नु गलत हो । एदी त्यस्तो भईनै हाल्यो भने हामी हाम्रो तर्फबाट आइक्यानलाई खबरदारी गर्छौ र त्यसो हुन्न दिदैनौ ।
त्यसो भए तपाईंहरु अन्तरराष्ट्रिय मान्यता चाहनुहुन्न? भन्ने सिए सरोकारको प्रश्नको उत्तरमा उहाले भन्नु भयो, ” हामी अन्तरराष्ट्रिय मान्यता अबस्य चाहन्छौ र त्यसको लागि हामीले आइक्यानमा पहल पनि गरेका छौ । तर हामी आइसिएआइमा गएर मान्यता देउ भनेर आन्दोलन गर्दैनौ, त्यो संस्थाको काम हो । ठिक त्यस्तै आइक्यानले गरेको निर्णयमा चित्त नबुझे आइसिएआइबाट पहल गरिनु पर्छ, नेपाल आएर आइक्यानलाई दबाब दिनुको कुनै औचित्य छैन । भारत बाट बिधार्थी आएर आन्दोलन गर्ने भन्न सुनिएको छ नि भन्ने प्रश्नको उत्तर दिदै उहाले भन्नु भयो,’ त्यसो शायद नहोला। आइक्यानमा आन्दोलन गरेर केही काम छैन, आइसिएआइलाई पहल गर्नु पर्छ भन्ने साथीहरुले बुझ्नुहुन्छ होला। त्यस्तो नबुझी उहाहरुले आन्दोलन नै गर्न थाल्नु भयो भने के गर्नु पर्छ हामी हाम्रो सङ्गठनमा कुरा गरेर निर्णय गर्छौ ।
![]() |
|
मनोज पौडेल |
एक्यानले पनि हातेमालोलाई शहयोग गर्दै छ नि? भने प्रश्नको उत्तर दिदै उहाले आफुहरु आबस्यक परे एक्यानसङ्ग पनि छलफल गर्ने बताउनु भएको छ । एनकासा मौन बस्नुको कारण बारे सोधिएको प्रश्नको जवाफ दिदै उहाले आबस्यक नपरेकाले यो कुरामा नबोलेको स्पस्ट पार्नुभयो । आफ्नो निर्णयमा कसैले बिरोध गर्दा आइक्यान पहिला बोल्नु पर्छ। उहाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्