Skip to content

यस्तो छ सिए बिधार्थी र सिएहरुको दसैं

बिनय रिमाल

“आज हार्यो भोली उठ्छ आज जिते भोली स्वाहा । दसैं यस्तै छ, तास खेल्यो बस्यो । कहिले रात को २ बज्छ कहिले थाहा नै नपाई
बिहान हुन्छ । न खानको कुनै तालिका छ न अन्य कुनै कुरा को चिन्ता ।” ICAN अन्तर्गत क्याप टु मा अध्ययन गरिरहेका बिनय रिमाल लाई यसपालिको दसैं मजाले लागेको छ । “काठमाडौं शान्त भएकाले स्वोर्गिय आनन्द को महसुश गरिरहेको छु”, उनी भन्छन । अरु बर्ष भन्दा अली बढीनै ताश खेलेको बताउने बिनय  जुन मा परिक्षा भएकाले दसैं मा खुब रमाइलो गर्ने र त्यस पछी आफ्नो पढाई लाई बिशेष ध्यान दिने बताउछन । बिनय जस्तै धेरै सिए बिधार्थी अहिले दसैंको रौनक मा छन । जुन मा परिक्षा हुने बिधार्थीहरु त झन ढुक्क सँग दसैं मनाइरहेका छन । क्याप टु मै अध्ययन गरिरहेका उमेश अधिकारि भन्छन, ” पहिला पढाई अनी दसैं । दसैं त आउछ जान्छ,पढाई भनेको मत्वोपूर्ण कुरा हो ।” तर पढाई लाई थाती राखेर दसैं लाई मनाउने हरुको लर्को पनि लामै छ । “जती नै पढाई को चिन्ता लिये पनि दसैं भनेको दसैं हो । रमाइलो गर्नु पर्छ । पढ्ने बेला मा पढ्ने हो, रमाइलो गर्ने बेला मा रमाइलो गर्ने हो ।” क्याप टु मै अध्ययन गरिरहेका आशिश श्रेष्ठ भन्छन । यता गत जुन को परिक्षा मा क्याप टु पासा गर्ने हरुको भनाइ अर्कै छ । कोही क्याप थ्री पुग्दा को दसैं को छुट्टै रमाइलो हुने बताउछन भने कोही भने अझै आर्टिकल्शिपको टेन्सन भएको बताउछन । उता भारतीय बोर्ड को सिए अध्ययन गरिरहेका बिधार्थीहरुको अनुभब केही बेग्लै छ । कोही दसैं मनाउन नेपाल आएका छन भने कोही नोवेम्बरको परिक्षा को तयारी मा उतै बेस्त छन ।” नेपाल को खुब याद आइरहेको छ, तर के गर्नु पढ्नै पर्‍यो । भारत लक्ष्मीनगरमा रही आइ.पि.सि.सि को परिक्षाका लागि तयारी गरिरहेका दीपेन्द्र श्रेष्ठ भन्छन । कोही भने दसैं मनाउन नेपाल फर्किएका छन । “जसले जे भने पनि  आफ्नो भुमी भनेको आफ्नै हुन्छ । यस पाली खुब मज्ज मज्जा सँग परि वार सँग दसैं मनाउने तयारीमा  छु । सिए बिधार्थी अनुज पौडेल बताउछन । काम को सिजन नै भये पनि सिएहरुलाई दसैं ले केही बिश्राम दिएको छ । अधिकान्स सिएहरु उपत्यका बाहिर पुगेका छन भने केही काठमाडौं मै छन । उपत्यका बाहिर पुगेका धेरै को दसैं उस्तै छ । कामको चाप बाट मुक्त भएर गाउको दसैं को छुट्टै मज्जा हुने उनिहरु बताउछन । यता काठमाडौं मै रहेका सिएहरुको भनाइ अली फरक छ । एकेडेमी अफ कमर्श का प्रबन्ध निर्देशक चार्टड एकाउन्टेन्ट दीपक पाण्डे भन्छन, “लामो समयको काम को चाप पछी केही बिश्राम भएको अनुभब गर्दैछु ।मेरो सानो हजुरबुवा को जुठो परेकाले यसपाली मेरो घरमा टिकाटालोको कार्यक्रम छैन । र पनि परिवार सँग अन्य तरिकाले दसैं मनाउदैछु । काममा ब्यस्त हुँदा परिवार लाई दिन नसकेको पर्याप्त समय दसैं ले जुराइदिएको छ । टिका नभये पनि अन्य किशिमले दसैं मनाउने सोचमा छौ । साथीभाई सँगको भेट्घाट , रमाइलो त छ्दै  छ ।”

चार्टड एकाउन्टेन्ट दीपक पाण्डे

यता नारायणी फाइनाइन्स मा कार्यरत चार्टड एकाउन्टेन्ट ध्रुब अधिकारिको पनि दसैं उस्तै छ । काठमाडौंमै दसैं अनुभव लिइरहेका अधिकारि पनि काम बाट केही फुर्सदिलो भएको बताउदै आफ्नो दसैंको खासै नयाँ प्लान केही नभएको बताउछन । “काठमाडौं मै दसैं  मनाउने भएकाले खास नयाँ केही नभएपनी साथी भाई र परिवार सँग मेरो दसैं बित्छ । म खासै धेरै तास खेल्दिन तर पनि साथी भाई सँग रमाइलो गर्न एक दिन चाँही एसो साथी भाई सँग तास खेल्ने बिचार  गरेको छु । परिवार सँगको टिका र अरु रमाइलो त छ्दै  छ । जे होस् काम को चाप बाट केही फुर्सद मिलेको अनुभब भईरहेको छ ।”चार्टड एकाउन्टेन्ट ध्रुब अधिकारिले सिए सरोकारलाई बताए ।

प्रतिक्रिया दिनुहोस्