Skip to content

एनसीएका उत्पादनहरुलाई हाम्रो कम्पनीमा स्वागत छ : बिबेक झा, सीईओ, नेपाल लाईफ इन्स्योरेन्स

देशकै सबैभन्दा चचित जीवन बिमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिबेक झाले नेशनल कलेज अफ एकाउन्टेन्सी (एनसीए) का उत्पादनहरुलाई आफ्नो कम्पनीमा सदैब स्वागत गर्ने बताउनु भएको छ।  एनसीएले शनिबार आयोजना गरेको पिकनिक कार्यक्रममा बिधार्थीहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
फरक हुन खोज्नुस : यसै बीच नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत बिबेक झाले जुनसुकै काममा पनि अरुभन्दा फरक हुन प्रयास गर्न सुझाव दिनु भएको छ।  अहिलेको समय सैक्षिक योग्यता भन्दा पनि त्यससंगै आफुलाई फरक देखाउने समय भएकाले बिधार्थीहरुलाई अरुभन्दा फरक भई आफुलाई उत्कृस्ट साबित गर्न  सल्लाह दिनुभएको छ। 
बिधार्थीको ‘उर्जा’ सबै भन्दा महत्वपूर्ण : यसै बीच बिधार्थीहरुलाई सम्बोधन गर्दै बिबेक झाले बिधार्थी जीवनको सबैभन्दा महत्व पूर्ण चिज उर्जा भएकाले यसको सदुपयोग गर्न सल्लाह दिनुभएको छ।  आफ्नो बिधार्थी जीवनको समेत सम्झना गर्दै उहाँले बिधार्थीहरुलाई आफुसंग भएको उर्जालाई सहि ठाउँमा सहि तरिकाले उपयोग गरी जीवनमा सफल हुन शुभकामना दिनु भएको छ।कार्यक्रम संयोजन गर्ने लव कुमार गुप्तालाइ बिसेष धन्यबाद दिंदै उहाले बिधार्थीसंगै आफुले पनि कार्यक्रम मा रमाइलो गरेको बताउनुभएको थियो।
कार्यक्रममा एनसीएका अध्यक्ष बलराम केसी एनसीएका कार्यकारी अधिकृत पवन कुमार खड्का लगायतले पनि बिधार्थीहरुलाई सम्बोधन गर्नु भएको थियो।  एनसीएले आयोजना गरेको उक्त पिकनिक कार्यक्रम निकै नै भब्य तरिकाले सम्पन्न भएको थियो।  यसखाले कार्यक्रम एनसीएले बार्षिक रुपमा गर्दै आएको छ। तस्बिर : नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्