Skip to content

अडिट फि बढाउनु स्वागतयोग्य, अव बिधार्थीको स्टाईपेन्ड पनि बढ्छ : अध्यक्ष, एक्यान

आईक्यानले न्युनतम लेखा परिक्षण शुल्क बढाएको खबर सार्वजनिक भएपछी यसबारे एक्यानको आधिकारिक धारणा बुझ्ने पुगेका सिए सरोकारका पत्रकारसंग कुराकानी गर्दै एक्यान अध्यक्ष भरत रिजालले आईक्यानको यो कदम निकै नै स्वागतयोग्य भएको बताउनुभएको छ।  एक्यानले बिगत लामो समय देखि नै यस एजेन्डालाई अगाडी ल्याएको स्मरण गर्दै अध्यक्ष रिजालले  आईक्यानको यस कदम निकै नै सराहनीय भएको बताउनु भएको छ। नेपाली लेखा व्यवसायमा अडिट फि लाई लिएर विभिन्न कुरा उठिरहेका बेला आईक्यानले यस खाले सकारात्मक कुरा ल्याउनु नेपाली लेखा व्यवसायका लागि निकै नै खुसिको कुरा भएको बताउनुभएको छ। 
अडिट फि नबढाए आन्दोलन गर्ने चेतावनी दिएका थियौं  : सिए सरोकारसंग कुराकानी गर्दै एक्यान अध्यक्ष भरत रिजालले अडिट फि नबढाए आफुहरुले आन्दोलन गर्ने चेतावनी दिएको खुलासा गर्नु भएको छ।  ” हामीले अडिट फि बढाउनु पर्यो , नत्र हामी आन्दोलन गर्छौं भनेका थियौं , आईक्यानका जिम्मेवार व्यक्तिहरुले हामीसंग केहि समय माग्नुभएको थियो। ” भरत रिजालले भने। बिगतमा सिएहरुको हक हितका लागि विभिन्न आन्दोलन गरेको स्मरण गर्दै उहाँले अडिट फि नबढेको भए आफुहरु आन्दोलनको तयारिमा लाग्ने मनस्थितिमा रहेको समेत खुलासा गर्नुभएको छ। 
यो परिवर्तित सोचको परिणाम हो : रिजाल : एक्यानका अध्यक्ष भरत रिजालले अडिट फि बढ्नु परिवर्तित सोचको परिणाम भएको बताउनुभएको छ।  अप्रतक्ष रुपमा आईक्यानका नि:वर्तमान अध्यक्ष महेश गुरागाईं प्रति सङ्केत गर्दै रिजालले भने, ” बिगतमा आईक्यानमा  रहेको गलत नेतृत्वका कारण  यो निर्णय हुन सकेको थिएन।  जव नरेन्द्र भट्टराई अध्यक्ष हुनुभयो, तव यी कुराहरु अगाडी बढे।  आईक्यानको नेतृत्वमा रहनुभएकाहरुको परिवर्तित सोचले यो निर्णय सम्भव भएको हो। ” रिजालले भने। 
जागिरे सिएहरुका लागिचाहिं आवाज खोई ? प्राक्टिसमा बस्नेहरुलाई त अडिट फि बढ्यो ,जागिरेहरुका लागि चाहिं एक्यानले आवाज किन नउठाएको भन्ने सिए सरोकारको प्रश्नको उत्तर दिंदै भरत रिजालले जागिरे सिए हरुका लागि पनि एक्यानले विभिन्न पहल गरीरहेको खुलासा गर्नुभएको छ।  सरकारका विभिन्न निकायमा सिएको अनिवार्य सम्मानजनक उपस्थिति, सुचिकृत कम्पनीहरुको सीएफओ पदमा अनिवार्य सिए हुनुपर्ने माग सहित विभिन्न ठाउँहरुमा पहल भईरहेको उहाँको भनाइ थियो। 
अव बिधार्थीको स्टाईपेन्ड पनि बढ्छ : सिएहरुको अडिट फि त बढ्यो अनि बिधार्थीको स्टाइपेन्ड चाहिं कहिले बढ्छ नि ? भन्ने सिए सरोकारको प्रश्नको उत्तर दिंदै उहाँले अडिट फि बढेपछी स्वभाविक रुपमा बिधार्थीहरुको स्टाइपेन्ड पनि बढ्ने बताउनु भएको छ।  ” लेखा परिक्षण कार्यमा आर्टिकल ट्रेनीहरुको उल्लेखनीय भूमिका हुने भएकाले बिधार्थीको स्टाइपेन्ड पनि स्वोभाविक रुपमा बढ्ने उहाँको दाबी थियो। 
आईक्यानले पहल नगरे,  फर्मका प्रिन्सिपलहरुलाई हामी पहल गर्छौं : अडिट फि बढेपछी बिधार्थीको स्टाईपेन्ड स्वभाविक रुपमा बढ्ने दाबी गर्दै एक्यान अध्यक्ष भरत रिजालले आईक्यानले त्यसको लागि पहल नगरे एक्यानका तर्फबाट आफुहरुले नै सिए फर्मका प्रिन्सिपलहरुलाई बिधार्थीको स्टाइपेन्ड बढाउन पहल गर्ने बताउनुभएको छ।  साथै उहाँले आफ्नो पहलसंगै बिधार्थीका तर्फबाट पनि आईक्यानलाई स्टाइपेन्ड बढाउन दवाब गए अझ सजिलो हुने भनाइ ब्यक्त गर्नु भएको छ।

(उहाँसंगको अन्तर्वार्ता सहितको बिशेष सामाग्री आउँदो सोमबार बेलुकी ६ :३० बजे र मंगलबार मध्यान्ह १२ बजे  न्युज २४ टेलिभिजनमा  कार्यक्रम ‘सिए सरोकारमा’ हेर्न सकिनेछ। )

प्रतिक्रिया दिनुहोस्