लक्ष्मीनगरमा
सीए अध्ययनरत् कला-साहित्यमा रुची भएको विद्यार्थीहरुको अगुवाईमा प्रत्येक
महिनाको तेस्रो आईतबार ‘फोरम अफ क्रिएटिभ आर्ट्स एण्ड लिटरेचर’,
‘फोकल’को नाममा कला-साहित्य कार्यक्रम हुने गर्दछ। बिगत एक बर्षदेखी नियमीत
रूपमा आयोजना भईरेहेको कार्यक्रममा लक्ष्मीनगरमा रहने सीए इतरका
इन्जिनियर, साइन्स, कला अध्ययन गर्ने विद्यार्थीहरुको समेत सहभागिता रहने
गरेको छ।
कार्यक्रममा
नेपाली र अंग्रेजी दुवै भाषामा कविता, गजल, मुक्तक, कथा वाचन साथै
गीत-संगीत तथा कला-साहित्यको अन्य विधाको समेत प्रस्तुती रहने गरेको छ।
कार्यक्रमलाई विविध खण्डमा बिभाजन गरिएको छ जसअनुरूप प्रथम खण्डमा साहित्य
वाचन, द्वितीय खण्डमा आर्थिक, सामाजिक राजनीतिक बिषयमाथी वैचारिक छलफल र
कार्यपत्र प्रस्तुती रहेको छ भने तेश्रो र चौथो खण्डमा सहभागीले अध्ययन
गरिरहेको पुस्तक संबन्धमा छलफल र पुस्तक आदान-प्रदान कार्यक्रम रहने गरेको
छ। पुस्तक-विमर्श र आदानप्रदानलाई कालान्तरमा सानो रूपमा भएपनि
पुस्तकालयको स्वरूपमा लैजाने योजना रहेको जानकारी ‘फोकल’को योजनाकार
मध्येका एक तिर्थराज अर्यालले दिए।
पछिल्लो
पटक “आमाको नाममा नागरीकता” शिर्षकमा छलफल रहेको थियो जसमा घनिशा कुवर,
पुजा शाक्य, दिपेन्द्र बस्नेत, मदन मगर लगायतका सहभागीले आफ्नो विचार
ब्यक्त गरेका थिए। “प्रत्येक कार्यक्रममा आउँदो कार्यक्रमको लागी छलफलबाटनै
शिर्षक चयन गरिन्छ जसको कारण सहभागीलाई तयारीको निम्ति पर्याप्त समय
मिलोस् भन्ने हेतु रहेको” जानकारी कार्यक्रमका अर्का योजनाकार दिपेन्द्र
उपाध्यायले दिए।
कार्यक्रमको श्रव्य-दृश्य संग्रह ‘फोकल’को आफ्नै युट्युब च्यानलमा रहने गरेको छ, जसको लिंक यहाँ रहेको छ।
साथै
कार्यक्रमको बारेमा सुचना र सहभागी हुन छुट्नु भएका साथै लक्ष्मीनगरभन्दा
बाहिर रहेका तमाम् कला-साहित्य अनुरागीहरुको निम्ती ‘फोकल’ले फेसबुक ग्रुप मार्फत पनि आफ्नो कार्यक्रम र प्रस्तुतीको बारेमा जानकारी दिने गरेको छ।
कार्यक्रम
स्वत: स्फुर्त रूपमा अनौपचारिक तवरले आयोजना हुने हुँदा सहभागिता,
प्रस्तुतिको निम्ती शुन्य सर्त रहने गरेको जानकारी कार्यक्रमका योजनाकर्ता
मध्येका एक सुधन महतले दिए। लक्ष्मीनगरमा रहेर अध्ययन गरिरहेका सबै तह र
तप्काका नेपालीहरु जो साहित्य-कला-दर्शनको बिषयमा रुची राख्छन् तिनको
निम्ति कार्यक्रम फलदायी हुने उनले बताए।
कार्यक्रम प्रत्येक तेस्रो आईतबार प्राईम सीएको हलमा हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्