![]() |
सिए फाईनल को परिक्षा तालिका |
संबिधान सभाको निर्वाचनको बिरोध गर्दै आएको नेकपा-माओवादीले आयोजना गरेको आमहड्तालका कारण आइ.सि.ए.आइ अन्तर्गत सिए फाईनलको परिक्षा दिइरहेका नेपाल सेन्टरका बिधार्थीहरु मारमा परेका छन । आज सिए फाईनलको बिषयको परिक्षा सन्चालन हुने बताइएको छ । कतिपय बिधार्थिहरु हिजो नै परिक्षा केन्द्र आसपासका होटेलहरुमा बास बसेको खबर आएको छ भने केही हिंडेरै परिक्षा केन्द्र सम्म पुगिरहेको खबर आएको छ । यसै बिचमा नेकपा माओवादीले गर्ने भनेको यातायात बन्दका कारण पनि बिद्यार्थीहरु मारमा पर्ने भएका छन । मङ्सिर ५ गते सम्मा यातायात बन्द गर्ने भनिएको मा त्यस अबधिमा आइ.सि.ए.आइ अन्तर्गत आइ.पि.सि.सि र सिए फाईनलका बिभिन्न परिक्षाहरुको मिती रहेको छ। यध्यपी मङ्सिर ४ को परिक्षा भने आइ.सि.ए.आइले सारेको छ।
प्रतिक्रिया दिनुहोस्