
सिएहरुलाई एक बर्ष पुन: तालिमको ब्यबस्था गर्ने आइक्यानको निर्णयमा
असन्तुस्टी जनाइरहेका भारतीय बोर्ड अन्तर्गतका सिए बिधार्थीहरु आइक्यानको
निर्णयको बिरोध गर्न एक टोली नै लिएर नेपाल आउने भएका छन । कुनै पनि हालतमा
सो निर्णय फिर्ता गराउने नै गरी आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने
हातेमालो नेपाली बिधार्थी समुहका अध्यक्ष सुबाश छेत्रीले सिए सरोकारलाई
बताउनु भएको छ । प्रबेश आचार्य , नारायण कंडेल लगायताकाले आन्दोलनको
नेत्रित्व गर्ने समेत अध्यक्ष क्षत्रीले बताउनु भयो । आइक्यानको निर्णयले
नेपाली लेखा ब्यवसायमा दुर्गामी असर गर्ने भन्दै हातेमालो नेपाली बिधार्थी
समुहले आइक्यानको सो निर्णयको बिरोध गरिरहेका छन । बिदेशी सिएलाई २०७२ साल
देखी लागु हुने गरी एक बर्षको तालिम गर्नु पर्ने निर्णय आइक्यानको
काउन्सिलबाट पास भईसकेको छ । सिए अच्युत राज जोशी लगायतकाले निर्णयको
बिरोध गरे पनि अन्तत: आइक्यानको काउन्सिलले उक्त निर्णय पास गरेको हो । आन्दोलनका कार्यक्रम गर्दै जाने र परिस्थिति अनुसार आन्दोलनका बाकि कार्यक्रमहरु गरिने बताइएको छ। हातेमालो नेपालि बिधार्थी समूह का तर्फा बाट केहि प्रतिनिधि र भारतीय बोर्ड बाट उत्तिर्ण केहि सिए हरुले आन्दोलनको संयोजन गर्ने बताइएको छ।
हातमा दहि जमाएर नबस्ने आइक्यानका बिधार्थीको चेतावनी
भारतीय बोर्ड अन्तर्गत सिए अध्यान गरिरहेका बिधार्थीहरु काठमान्डू मै आएर आन्दोलन गर्ने भएपछी सामाजिक संजालहरुमा आइक्यानमा अध्यनरत बिधार्थिहरु आक्रोशित भएका छन्। आइक्यान अन्तर्गतको बिधार्थी एसोसिएसन एनकासा भने यो बिषयमा मौन छ। यध्यपी यस्तै प्रक्रिया अगाडि बढे हातमा दहि जमाएर नबस्ने नेपाली बिधार्थीहरुले चेतावनी दिएका छन्।
निर्णय पुनर्विचार गरियोस : एक्यान
आइक्यानको निर्णयले
नेपाली लेखा ब्यवसायमा दुर्गामी असर गर्ने भन्दै एक्यानले यस अघि नै आइक्यानलाइ ध्यानाकर्षण पत्र बुझाइसकेको छ। तत्कालका लागि यो निर्णय पुनर्विचार गरियोस भने अभिप्रायको चिठी यस अघि नै आइक्यानमा एक्यानले पठाइसकेको छ। यो मुद्दामा एक्यान भित्रै पनि गुटबन्दी भएको बुझिए पनि एक्यानले भने आधिकारिक रुपमा निर्णयलाई परिमार्जन गर्न आग्रह गर्दै पत्र आइक्यानमा बुझाइसकेको छ।
फेसबुकमा वाकयुद्द सुरु
आइक्यानको निर्णयको बिरुद्द आन्दोलन भारतीय बोर्डका नेपाली बिधार्थीहरु काठमाण्डुमा भन्ने खबर सार्बजनिक भए पछि फेसबुकमा आइक्यान र आइसीएआइमा अध्ययन गरीरहेका विभिन्न तहका विधार्थी हरु बीच वाकयुद्द सुरु भएको छ। भारतीय बोर्डका बिधार्थीले आन्दोलन गरे प्रतिकार गर्ने केहीको प्रतिक्रिया छ भने केहिले भने यो आन्दोलनलाइ जसरि पनि उचाइ मा पुर्याउने पुर्याउने अठोट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्