
सिए सदश्यहरुका लागि पनि बर्ष २०१३ कालो बर्ष बन्यो । आइक्यानले एक ब्यक्ती एक पेसाको निती कार्वोनयनमा खुट्टा कमाएपछी एक ब्यक्ती एक पेसाको समर्थनमा रहेका कसैको चित्त बुझेन । बर्ष २०१३ लाई आइक्यान हाल सम्मकै कमजोर भएको बर्षको रुपमा बिश्लेशण गर्नेहरु पनि प्रसस्तै छन । आइक्यानमा बिधार्थीले भोगीरहेका समस्या त्रुटी वा आइक्यानका अन्य समस्या समस्या नै रहे । समग्रमा नेपालको समग्र सिए क्षत्रका लागि २०१३ अभिसाप नै बन्यो ।
यध्यपी बर्ष २०१३ ले केही सम्भावनाहरु पनि छोडेर गयो । एनकासाले राखेका केही मागहरु आइक्यान बाट बर्ष २०१३ मै सम्बोधन भयो ।एनकासाको चुनाव समेत बर्ष २०१३ मै सम्पन्न भयो भने एक्यान ले पनि नयाँ नेत्रित्व पायो । बर्ष २०१३ मै आइक्यानका एक सदश्य भ्रस्टचार को मुद्दा मा पक्राउ परे भने बर्षको अन्त्य पनि सिए क्षत्रलाई फापेन । आइक्यानको क्षत्राधिकारलाई हस्तपक्ष भएको धेरैले बिश्लेसण गरे । बर्षकै अन्त्यमा बि. के अग्रवाल एन्ड कम्पनी मा पन्जिक्रित प्रशिक्षार्थीको मागलाई लिएर बिबाद बढ्यो ।बर्ष २०१३ समग्रमा धेरै दु:खद र थोरै राम्रो बन्यो सिए क्षत्र का लागि ।
प्रतिक्रिया दिनुहोस्