Skip to content

यस्तो छ आइक्यान र सिए कोर्सका बारेमा बनेको मह जोडी अभिनित लघु चलचित्र ‘नातिप्रसाद’ (भिडियोसहित)

काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रमा सर्वाधिक लोकप्रिय जोडी, मह जोडीको अभिनय रहेको सिए सम्बन्धित लघुचलचित्र ‘नाति प्रसाद’ सार्वजनिक भएको छ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २५औँ बार्षिकोत्सवको अवसरमा आइक्यानले निर्माण गरेको सो लघुचलचित्र लेखा व्यवसायी सम्मेलनका अवसरमा सार्वजनिक गरिएको हो । सो लघुचलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, मोहित आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सो लघु चलचित्रमा सिएको जीवन, आइक्यानको भूमिका लगायत विषयलाई ‘रमाइलो’ तरिकामा प्रस्तुत गरिएको छ ।
चलचित्र सार्वजनिक कार्यक्रममा मह जोडीले आफ्नो जीवनको भोगाईबारेसमेत बोलेका थिए । ‘ड्राई विषय’ भएपनि आफुहरुले मेहेनत गरेर सो लघुचलचित्र बनाएको भन्दै मह जोडीले आफुहरुले सिएको पढाई निकै गाह्रो भएको सुनेको बताएका थिए । सो लघु चलचित्रको आइक्यानका अध्यक्ष सिए युद्धराज ओलीले रिमोट थिचेर उद्घाटन गरेका थिए । सम्मेलनको दोश्रो दिनको मुख्य आकर्षण रहेको सो लघुचलचित्र युट्युबमा ओएसआर डिजिटलमार्फत हेर्न सकिन्छ ।    
आइक्यानले पहिलोपटक यस्तो लघुचलचित्रको निर्माण गरेको हो । हेर्नुहोस् पूरा भिडियो :

प्रतिक्रिया दिनुहोस्