Skip to content

एक्यानको व्यबहारप्रती पत्रकारहरु असन्तुस्ट

नेपाल चार्टड एकाउन्टेन्ट्स संघप्रती उसले गरेको पछील्लो पत्रकार सम्मेलनलाई लिएर बिभिन्न संचार गृहमा कार्यरत आर्थीक पत्रकारहरुले असन्टुस्टी जनाएका छन । एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ परेको बिरोधमा अडानसँग मिलेर गरिएको संयुक्त पत्रकार सम्मेलनमा अडान निकट पत्रकारहरुलाई मात्र बोलाइएको र अधिकान्सलाई पत्रकार सम्मेलनबारे खबर नै नगरिएको भन्दै पत्रकारहरुले एक्यानको व्यबहार चित्त नबुझेको प्रतिकृया दिएका छन । मंगलवार अडान र एक्यानले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलन बारे सिए सम्बन्धी रिपोर्टिङ्ग गरिरहेका अधिकान्स पत्रकार हरुले सुइको समेत पाएनन ।

एक राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार भन्छन, ” यस अघी एक्यानले गरेको सबै जसो पत्रकार सम्मेलनमा निम्तो आउथ्यो तर एसपाली भने भोली पल्ट मात्रै एक्यानको पत्रकार सम्मेलन भएको जानकारी आयो” बिशेष गरी एक ब्यक्ती एक पेसाको मुद्दामा हामीले एक्यानको पक्षमा समाचार सम्प्रेसण गरेपछी अडान हामी प्रती असन्टुस्ट भएकाले आफुलाई निम्तो नआएको हुनसक्ने उनको दाबी छ । एक आर्थिक अन्लाईनमा कार्यरत पत्रकार भन्छन, “एक्यानले किन यसरी हामीलाई बाइपास गर्‍यो थाहा भएन, तर हामी यो मुद्दामा एक्यानको भनाइको प्रतिक्षामा भने थियौ “
यता नेपालमै पहिलो पटक सम्पूर्ण रुपमा सिए सम्बन्धी टेलिभिजन कार्यक्रम चलाईरहेका एक टेलिभिजनका पत्रकार भन्छन, ” एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ परेदेखी नै म यो मुद्दाको रिपोटिङ्गमा छु । यस भन्दा अघी एक्यानले निकालेको प्रेस बिग्यप्ती बोकेर सिआइबि सँग कुरा गर्न जाने पनि मै थिए । तर एक्यानले अधिकारिक धारणा ब्यक्त गरेको पत्रकार सम्मेलनमा भने हामीलाई बोलाइएन ” 
यता एक्यानका प्रतिनिधिहरुले भने पत्रकार सम्मेलनका लागि पत्रकारहरुलाई बोलाउने जिम्मा अडानले लिएकाले आफुलाई यस सम्बन्धी जानकारी नआएको  र आउँदा दिनहरुमा सकेसम्म सबैलाई समेट्न खोज्ने बताएका छन ।

मंगलबार एक्यानले आयोजना गरेको पत्रकार सम्मेलन बारे जम्मा ३ वटा दैनिक पत्रीका र २ टेलिभिजनले सामान्य समाचार प्रसारण  प्रकाशन गरेका छन भने एक टेलिभिजनले गलत समाचार सम्प्रेशण गरेको छ । ” म त राती न्युज पढ्दा अचम्ममा पो परे । एक टेलिभिजनले लेखा ब्यवसाय सम्बन्धी नियमन गर्ने निकाय “एक्यान” भन्दै थियो । मैले यो कुरा एक्यानका कर्मचारी हरुलाईसमेत जानकारी गराइसकेको छु ।” सिए क्षत्रलाई बुझेका पत्रकारहरुलाई निम्तो नदिने एक्यानको पाराले आफुलाई निकै दुखी बनाएको सिए क्षत्र सम्बन्धी रिपोर्टिङ्ग गरिरहेका  पत्रकारहरुले बताएका छन । सिए क्षत्र राम्ररी बुझेका पत्रकारको कमी भईरहेका बेला ति पत्रकार लाई बाइपास गरेर सुटुक्क पत्रकार सम्मेलन गरिनुले सुसुचित हुन पाउने जनताको अधिकार समेत खोसिएको बिभिन संचार गृहमा कार्यरत पत्रकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्