सञ्जय पन्थी
हातेमालो नेपाली विद्यार्थी समूह (एचएनसी)का अनुसार सीए अध्ययन गर्ने
विद्यार्थीका लागि लक्ष्मीनगर ‘हब’ भएको छ । लक्ष्मीनगरमा मात्रै सीएका
ट्युसन इन्स्टिच्युट ३ सयभन्दा धेरै रहेको एचएनसीका अध्यक्ष सुवासचन्द्र
पाण्डेले बताए । एचएनसी यहाँ सीए अध्ययनरत नेपाली विद्यार्थीको संस्था हो । “लक्ष्मीनगरमा मात्रै ५ हजारभन्दा धेरै नेपाली विद्यार्थी अध्ययनरत छन्,”
पाण्डे भन्छन्, “उनीहरूको न्यूनतम खर्च हिसाब गर्दामात्रै मासिक करिब ८
करोड रुपैयाँ लक्ष्मीनगरमा खर्च हुन्छ ।” उनका अनुसार दिल्लीका अतिरिक्त
बैंगलोर र कोलकातामा पनि सीए पढ्ने नेपाली धेरै छन् । “तर बहुसंख्यक नेपाली
दिल्ली आउँछन्,” उनले भने । सीए अध्ययन गर्न न्यूनतम उच्च माध्यमिक तह अध्ययन गरेको हुनुपर्छ । सीपीटी
(प्रथम तह), आईपीसीसी र फाइनल गरी ३ श्रेणीगत तहमा सीए अध्ययन हुन्छ ।
नेपालमा आईक्यान बोर्डअन्तर्गत सीए अध्ययन÷अध्यापन र परीक्षा भए पनि भारतीय
बोर्डअन्तर्गत पढ्ने विद्यार्थीको संख्या उच्च छ । अध्यक्ष पाण्डेका अनुसार पछिल्ला ५ वर्षमा सीए अध्ययन गर्ने विद्यार्थीको
संख्या अकल्पनीय रूपमा बढेको छ । सीपीटी तहको परीक्षा नेपालबाटै पूरा गरेर
भारत आउनेको संख्या धेरै रहेको उनले बताए । पछिल्ला ३ वर्षयता सीए पढ्नकै
लागि मासिक करिब १ हजार विद्यार्थी भारत भित्रिने गरेको जानकारी उनले दिए ।
“जति भित्रिन्छन्, सबै फाइनल तहसम्म पुग्दैनन्,” उनी भन्छन्, “बीचमै
छाड्नेको संख्या पनि ठूलो छ ।” आईक्यानभन्दा भारतको आईसीआईबाट सीए उत्तीर्ण
गर्दा अवसर बढी पाइने उनी बताउँछन् । सीए अध्ययनरत दिवाकर पाण्डेका अनुसार आईसीआईअन्तर्गत सीए अध्ययन पूरा गर्दा
न्यूनतम ८ देखि १० लाख भारु खर्च हुन्छ । “खर्च यत्ति नै हुन्छ भन्न
सकिन्न, विद्यार्थीको जीवनशैलीमा पनि भरपर्छ,” उनले भने, “जति थोरै खर्च भए
पनि नेपाली विद्यार्थीमार्फत दिल्लीमा मात्रै मासिक करिब ८ करोड रुपैयाँ
भित्रिन्छ ।” अन्तर्राष्ट्रियस्तरको अध्ययनका लागि पनि भारतै धाउनुपर्ने बाध्यता रहेको
उनले सुनाए । “नेपालमा आईसीआई बोर्डको मान्यता भए पनि भारतमै चाप धेरै छ,”
उनले भने । प्रकाशित नतिजाको विवरण प्रस्तुत गर्दै अर्का विद्यार्थी जनक तिवारीले सन्
२०१३ मा आईसीआईअन्तर्गत फाइनलमा ३२ हजार ५ सय ३६ सहभागी रहे पनि १ हजार १३
मात्र उत्तीर्ण रहेको जानकारी दिए । यो सहभागी विद्यार्थी संख्याको ३.११
प्रतिशतमात्र हो । आईसीआईको तथ्यांकअनुसार प्रारम्भिक तह सीपीटीको परीक्षामा १ लाख १५ हजार ५
सय ३३ को ३७ प्रतिशत अर्थात् ४२ हजार १५ विद्यार्थी उत्तीर्ण भएका छन् । नयाँदिल्ली (लक्ष्मीनगर), १८ माघ – नेपालबाट भारत आएर सीए (चार्टर्ड
एकाउन्ट) अध्ययन गर्ने विद्यार्थीबाट मात्रै वार्षिक करिब १ अर्ब रुपैयाँ
बाहिरिने गरेको छ । आईसीआई (इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट
इन्डिया)अन्तर्गत सीए अध्ययन गर्न दिल्लीको लक्ष्मीनगरमा मात्रै ५
हजारभन्दा धेरै नेपाली विद्यार्थी रहेको अनुमान छ ।

http://www.karobardaily.com/nepali/news/2014/02/1391309175
प्रतिक्रिया दिनुहोस्