Skip to content

लेखा परिक्षकहरुको आन्दोलन र यसको निकास | सम्पादकिय

लेखा ब्यवसायसँग सरोकार राख्ने जो कोहीका लागि अहिलेको तातो खबर बनेको छ ‘ लेखापरिक्षकहरुको आन्दोलन । बिशेष गरी एभेरेस्ट इन्सुरेन्सका लेखापरिक्षकलाई सिआइबिले पक्राउ गरेपछी लेखा ब्यबसायीहरु संस्थागत रुपमा आन्दोलित छन्  । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) र नेपाल अडिटर्स एसोसिएसन (अडान) ले केही समय यता आन्दोलनका बिभिन्न कार्यक्रमहरु गरिरहेको छन्  । आन्दोलनका कार्यक्रम अन्तर्गत नै गत शुक्रबारबाट लेखा परिक्षण र प्रमाणिकरण सम्बन्धी सम्पूर्ण काम अहिले ठप्प छन् । एक्यान र अडानका अनुसार आइक्यानको क्षत्राधिकार हनन भएको भएपनि आइक्यानले आफ्नो अस्तित्व रक्षाका लागि चालेका  कदमहरु अपर्याप्त छन र त्यसले सम्पूर्ण  लेखा ब्यवसायलाई नै धरापमा पारि रहेको छ । यता आइक्यानले केही सकारात्मक कदम चाले पनि त्यो सम्पूर्ण लेखा ब्यवसायका प्रति अपर्याप्त भएको एक्यान र अडानले केही समय अघि आयोजित पत्रकार सम्मेलनमा बताइसकेका छन् ।  आईक्यानका कदमहरु अपर्याप्त भएको भन्दै एक्यान र अडानका सदश्यहरुले पेसागत प्रमाणपत्र (सिवोपी) हरु  एक्यान र नेपाल अडानमा बुझाईसकेका छन्  भने त्यसको विवरण आईक्यानमा बुझाईसकिएको छ । यति गर्दा पनि आईक्यानले उचित कदम नचालेकोमा एक्यान र अडान असन्तुस्ट छ । लेखापरिक्षाणको मुख्य अबधि पौष मशान्त नाघिसकेको भए पनि आन्दोलनका कार्यक्रम अन्तर्गत लेखा परिक्षण र प्रमाणिकरण सम्बन्धी सम्पूर्ण कार्यहरु ठप्प पारीएपछी त्यसको केही हद सम्म असर नेपाली आर्थिक क्षत्रमा परिरहेको बुझ्न गार्हो छैन । तर अब यो आन्दोलनको निकास के भन्ने बहस अहिले लेखा ब्यवसायमा चलिरहेको छ ।  आईक्यानले आफ्नो क्षत्राधिकारको स्पष्ट  व्याख्या गरी जनमानसमा त्यसको सुचना फैलाई सम्बन्धित निकायहरुलाई आफ्नो क्षत्राधिकारको जानकारी नदिएसम्म र सरकारका अन्य निकायहरुले लेखापरिक्षण गरेकै आधारमा लेखापरिक्षकहरुलाई पक्राउ गर्ने कार्यहरुलाई नसच्याएसम्म आफ्नो आन्दोलन जारी रहने एक्यान र अडानले बताइरहेका बेला आइक्यान स्पस्ट रुपमा अगाडि नआउनु र एक्यान र अडानले संयुक्त रुपमा गरिरहेको आन्दोलनतर्फ पर्याप्त ध्यान नदिनुले अब लेखा ब्यबसायीहरुको यो आन्दोलन कहिलेसम्म भन्ने बहस पनि अहिले लेखा ब्यवसाय क्षत्रमा चलिरहेको छ ।

आन्दोलन आर्थिक  बर्ष २०७०-७१ को अन्तिम समयसम्म लम्बियो भने यसले भयानक रुप लिनेछ । बिभिन्न खाले ब्यवसायको लेखापरिक्षण नहुँदा त्यसले नेपालको सम्पूर्ण आर्थिक क्षत्रलाई नै गार्हो पार्नेछ । एक्यान र अडानको  आन्दोलन त्यति समय सम्म नलम्बिएला भन्ने अनुमान गर्न सकिएपनि  आइक्यान  मौन रहने र एक्यान र अडानले आन्दोलनका कार्यक्रम नरोक्ने हो भेने  अब असार मशान्त आउन धेरै समय छैन भन्ने बुझ्न जरुरी छ । आर्थिक क्षत्रको मेरुदणडका रुपमा रहेको लेखा ब्यवसायका बारेमा सम्बन्धित निकायले समय मै नसोचे यसले देशको समग्र आर्थिक क्षत्रमा असर गर्ने देखिन्छ । नेपालमा रहेका धेरै जसो लेखा परिक्षकहरुले आफ्नो पेसागत प्रमाणपत्र समेत एक्यान र अडानमा बुझाईसकेकाले यो आन्दोलन समय मै नटुङ्गिए  कसरी अगाडि बढ्ने भन्ने प्रश्नको जवाफ लेखा ब्यवसाय भित्रैबाट खोज्न जरुरी छ । सिमित  स्रोतको आडमा चलेको लेखा ब्यवसाय कुन दिशामा गईरहेको छ भन्ने विश्लेषण  गर्न ढिलो गर्नु हुँदैन । आफ्नो क्षत्राधिकार हनन  भएको आईक्यानले समेत स्युकारीसकेको अवस्थामा अब आईक्यानले पनि आफ्नो आधिकारिक भनाइ अगाढी ल्याउनु पर्छ।  लेखा ब्यवसायको  हित सम्रक्षण र सम्बर्धनका लागि एक्यान र अडानले राखेको जायज मागहरुलाई पुरा गरेको खण्डमा त्यसले नेपालकै लेखा ब्यवसाय क्षत्रलाई राम्रो गर्ने हुँदा आइक्यान  र आन्दोलनरत पक्षहरु बार्तामा बस्न अब अबेर गर्नु हुँदैन । मेरो गोरुको बार्है टक्का भन्दा पनि लेखा ब्यबसाल्यलाई हित हुने कार्यमा जुन सुकै संस्था पनि लचक हुन सक्नुपर्छ । आईक्यान बलियो भए मात्र नेपाली लेखा ब्यवसाय मजबुत हुन्छ भन्ने कुरालाई ध्यानमा राख्दै अगाडि बढ्नु पर्छ । अधिकारका लागि गरिएको लडाईं भए  पनि आन्दोलनले कसैलाई पनि फाईदा गर्दैन । आन्दोलनका क्रममा  चालिने बिभिन्न कदमहरुले त्यही क्षत्रलाई असर गरिरहेको हुन्छ । अत: ठोस निकास निकालेर आईक्यान, एक्यान र अडान अगाडि बढ्नु पर्छ । आईक्यान, एक्यान वा अडानले मात्र होइन समग्र लेखा ब्यवसायको नै जित हुने निर्णय गरी अगाडि बढे सबैको भलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्