Skip to content

गोपाल अग्रवाललाइ सफाई: एउटा जितको सुरुवात

मध्यरातमा पहिरो खसेर बिल्लिबाठ बनाउदा जति अतालिएका थिए सिन्धुबासी त्यस्तै सिआइबिको भुइचालोले अतालिएको थियो सिए क्षत्र । एभेरेस्ट इन्स्योरेन्स प्रकरणमा सिए क्षत्रका २ महान हस्तीलाई जबा एकाएक सिआइबिले पक्राउ गर्‍यो, बर्तमान पिडा र भबिस्यको चिन्ताले उत्तिकै पिरोल्यो सिए क्षत्रका सरोकारवालाहरुलाई । सिआइबिले सिए गोपाल अग्रवाल र जगदिश अग्रवाललाई पक्राउ गरेको समाचार सार्वजनिक हुने बित्तिकै बिभिन्नखाले टिका टिप्पणी हुन थाल्यो सिए क्षत्रमा । आन्तरिक लेखापरिक्षणको परिभाशालाई नै धावा बोल्दै आइक्यानको क्षत्राअधिकारमाथि ठाडो हस्तक्षप भयो । अधिकारका लागि  आन्दोलन नै गर्नु पर्ने गलत सन्स्कार बसेको देशमा सिए क्षत्रले गरेको बिनम्र अनुरोध  कसैले सुन्ने वाला नै थिएन । अझ सिए क्षत्रकै केहि मण्डलेहरु हाम्रा हस्तीहरु पक्राउ पर्दा पार्टी मनाइरहेको तितो यथार्थले पनि आन्दोलनको बिकल्प थिएन । आफ्नो अस्मिता माथि  प्रश्न उठ्दा पनि आइक्यानका जिम्मेवार भनिएकाहरु यसलाई वास्ता नै नगरेको बिडम्बनाले पनि सिए क्षत्रलाई बेग्लै  पिडा भईरहेको थियो । आफ्नी आमा समान मानिएको सन्स्थाले आफ्ना भाइहरुलाई गार्हो सारो पर्दा नहेरेको तितो सत्यता बिच सुरु भयो महाउद्धा सिए क्षत्रमा । परेको बेला पनि नहेरेको भन्दै आइक्यानका केहि जिम्मेवार भनिएकाहरु प्रती रिश उठ्नु पनि स्वभाबिक थियो सिए क्षत्रका लागि । त्यति बेला नै उचित कदम चालिदिएको भए पिडा सायद केहि कम हुन्थ्यो होला तर त्यो सोचिएन वा सोच्नै खोजिएन, चाहिएन । आन्दोलन सुरु हुने भयो तर नेतृत्व कस्ले गर्ने ? स्वभाबिक रुपमा एक्यानको बिकल्प थिएन । आफ्नो कामका सिलसिलामा तान्जेनिया रहेका एक्यानका अध्यक्ष भरत रिजाल आफ्नो कामधाम सबै छोडेर नेपाल आइपुगे, आफ्नो परिवारको कोही सदश्यलाई परेक अन्याय बिरुद्ध बोल्न र सुरु भयो एक्यानको महाकदमी ।

आन्दोलन सुरु भयो । आर्थिक, नैतिक, भौतिक सबै हिसाबले सबैले सहयोग गरे । बिशेषगरी नेपालका बरीस्ट चार्टड एकाउन्टेन्टहरुले यसमा महत्वपूर्ण योगदान दिनु भयो । बिधार्थीहरुले समर्थन जनाए, मिडियाले सकेको सहयोग गर्‍यो र आन्दोलन उत्कर्शामा पुग्दै थियो  । तर आइक्यान बाट नै आन्दोलनलाई असहयोग भयो । पेसाको हित भन्दापनि ब्यक्तीगत स्वार्थका कारण आइक्यान नबोलेपछि  गर्नुपर्ने भन्दा बढी आन्दोलन गर्नुपर्‍यो । सबैको दबाबपछी सिए जगदिश अग्रवाल धरौटीमा छुटे तर भारतिय नागरिकको बिल्ला भिराएर गोपाल अग्रवाललाई छुटाइएन । फेरी एक्यानले अर्को चारणको आन्दोलन सुरु गर्‍यो । यस्तो वातावरणमा काम गर्न नसकिने भन्दै आफ्नो सिवोपि समेत एक्यानमा बुझाइयो । त्यती बेला पनि सहयोग गर्नुको साट्टो आइक्यानका केहि जिम्मेवार ब्यक्तीले सिवोपि नबुझाउन कतिपयलाई धम्की समेत दिएको अपुस्ट समाचारले धेरैको रिशको सिमा लगभाग नाघ्न थालिसकेको थियो तर रिश बिसाउने चौतारी पनि त थिएन ! मर्ने बेलामा हरियो काक्रो भनेजस्तै जब सबै प्रायाश हरु सकिएका थिए , ढिलै  भएपनि आइक्यानले केहि सकारात्मक कदम उठायो र अन्तत: आइक्यान भन्दा पनि एक्यानको पहलले गोपाल अग्रवाल छुटे । मुद्दा आइक्यानको अनुशासन समिती सम्म पुग्यो र गोपाल अग्रवाललाई सफाइ दिने निर्णय पारित भयो ।यसरि गोपाल अग्रवालले जबर्जस्त नभोग्नु पर्ने पिडा भोग्नुपर्‍यो । नरुनु पर्ने बन्दना खेतान रुनु पर्‍यो । नगर्नु पर्ने आन्दोलन गर्नु पर्‍यो । नबजाउनु पर्ने समाचारहरु बजाउनु पर्‍यो । आइक्यानले बेलैमा यो कदम उठाएको भए यस्तो हुने थिएन र तितो सत्य हो यो पनि हो कि आइक्यानको तत्कालिन नेतृत्व बाट यो आश पनि गरेका थिएनन कसैले । जे नहुनु थियो, ,त्यो भयो र सकियो । तर साधुबाद छ गोपालजी  तपाइलाई ! तपाइ हारेर भएपनि  सबैलाई जिताउनु भयो । यदी तपाइलाई यो बज्रपात नपरेको भए अरु धेरै फस्ने थिए यसरी नै । तपाइले आफुले पिडा सहेर अरुको सम्भावित पिडालाई रोक्नुभयो र साधुबाद बन्दना खेतान जस्ता नारीहरुलाई जसले निरन्तर लडिरह्यो  आफ्ना पतिका निम्ती मात्र होईन समग्र सिए क्षत्रका निम्ती र साधुबाद एक्यान र आन्दोलनका सुपृमो भरत रिजाललाई, तपाइको अतुलनिय योगदानका निम्ती । आज तपाइकहरुको साथले कयौ बन्दनाहरुको आसु रोकिएको छ, कयौ गोपालहरु ढुक्क सँग काम गर्दैछन ! यो जित होइन जित को सुरुवात हो !

प्रतिक्रिया दिनुहोस्