Skip to content

हाम्रा लागि काम गरेर उत्कृस्ट बन्नेहरुलाई सलाम !

जीवन जसका लागि मान्छे संघर्ष गर्छ, अनि जागिर जीवन जिउने एउटा बहाना। काम गर्नु प्राय सबैको आबश्यकता हो तर मन देखि काम गर्नु केहि निश्चित व्यक्तिहरुको खुबी।  उत्कृस्ट हुनु कुनै पनि ठाउँ वा कुरामा सजिलो छैन। र त उत्कृस्टताको महत्व छ। त्यहि महत्व बुझेर आईक्यानले सम्मान गर्यो आईक्यानका तीन होनाहार कर्मचारीहरुलाई जसले लियो त फगत केहि रुपैंया आईक्यानबाट  तलबको बहानामा जीवन जिउनका निम्ति तर दियो धेरै आईक्यान का निम्ति, लेखा व्यवसायका निम्ति , बिधार्थीका निम्ति , समग्रमा हाम्रा निम्ति ! यसै बीच सिए सरोकारले आईक्यानका कर्मचारीहरुलाई नजिकबाट नियालेका केहिलाई तिनै सम्मानित कर्मचारी हरुबारे सोधेको थियो। 
यिनको नाम राम कुमार नेपाल हो। आईक्यानका आईटि बिभागका कर्मचारी।  सरल बोली र स्वभाव ! सबैसंग सरल ब्यबहार देखाउनु उनको बिसेषता हो। नेतृत्व लिन सक्ने स्वभाव उनको अर्को सवल पक्ष। आईटिको कामले उनीसंग बोल्न जाने सबै बिधार्थीको भनाइ छ,” उनी निकै बिधार्थी मैत्री छन्।”  सबै बिधार्थीसंग नम्र बोल्ने आईक्यानका कर्मचारीहरु मध्य उनी बिधार्थी प्रिय छन्। आईक्यान अन्तर्गतको कर्मचारी संगठन भएकै कारणले कतिपय ठाउँमा छुच्चो बन्नु पर्ने उनको बाध्यता हो।  यहि बाध्यता कै कारण कतिपय आईक्यान कै कर्मचारीहले उनलाई गलत बुझ्नु, वा  मन नपराउनु स्वभाविक नै हो भन्ने विश्लेषण गर्छन उनलाई नजिकबाट चिन्नेहरू। यसो त सिए सरोकारका पत्रकार सुरज प्याकुरेललाई आईक्यानका निवर्तमान अध्यक्ष महेश गुरागाईं ले पटक पटक दुख दिंदा उनको नाम पनि जोडिने गर्थ्यो।  तर यसमा उनको बजारमा  सुनिएको जस्तो संग्लग्नता नभएको ठोकुवा गर्छन, उनलाई चिन्ने सिएहरु। उनलाई नजिक बाट नियाल्नेहरु भन्छन्, आईक्यानका लागि काम गर्ने भन्दा पनि खटिने व्यक्ति हुन् राम कुमार नेपाल। यसै कुरा लाइ बुझेर होला सायद आईक्यानले यसपाली उनलाई सम्मान गरेको छ।  अर्थमंत्री डा. राम शरण महतको हातबाट एक भब्य कार्यक्रमका बीच उनलाई सम्मान गरियो। कार्यक्रममा आईक्यानका उपाध्यक्ष प्रकाश लम्शालले पनि आईक्यानका कर्मचारीहरुको योगदानलाई उल्लेखनीय भनेका छन्।  बधाई राम कुमार नेपाललाई  र हाम्रा लागि काम गरेर उत्कृस्ट बनेकोमा  सलाम !
यिनी शिवहरि नेपाल ,आईक्यानका कार्यालय सहयोगी। इमान्दारिता उनको अर्को परिचय।  कार्यालय सहयोगी भएपछि सबैजसो बिभागमा उनको केहि न केहि काम परिरहन्छ। बिधार्थीसंग खासै घुलमिल नभए पनि कहिलेकाही बिधार्थीसंगको सामिप्यतामा बिधार्थीले ‘राम्रै’ मानेको कर्मचारी हुन् उनी।   आईक्यानका एकाध बाहेक सबैले राम्रो भन्ने पात्र ! झट्ट हेर्दा कुनै फिल्मको हीरो जस्तो देखिने शिवहरीको हँसिलो अनुहार, र काममा लगावका कारण उनी धेरैका प्रिय छन् ! उत्कृस्ट कर्मचारीको सन्दर्भमा  शिवहरिका बारेमा सिए सरोकाले एक बरिस्ट सिएलाई सोद्धा उनले हाँस्दै ठट्यौली पारामा भने ,”शिव भाईको बारेमा जे राम्रो लेखे पनि हुन्छ, परेको म ब्योहोरुंला ! “उनको कामको प्रसंशा ठुलै सिएहरुले समेत गर्ने गरेका छन्।  आईक्यानले उनलाई पनि यसपाली सम्मान गरेको छ।  आईक्यानमा उल्लेखनीय योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो।  अर्थमन्त्री डा. राम शरण महतको हातबाट एक भब्य कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो। बधाई शिवहरि नेपाललाई र हाम्रा लागि काम गरेर उत्कृस्ट बन्नेकोमा सलाम !
 आईक्यानकि अर्की कर्मचारी यिनी सबिना महर्जन ! धेरैले ‘बिल काट्ने’ कर्मचारी भनेर चिन्छन् उनलाई। आईक्यानले सम्मान गरेका तीन कर्मचारी मध्ये एक मात्र महिला कर्मचारी। हसिंलो ब्यबहार उनको परिचय हो।  बिल काट्ने जस्तो उदेक लाग्दो कामलाई पनि झर्को नमानी गर्छिन उनी। आईक्यानले गरेको सम्मानमा महिला कर्मचारीहरुको प्रतिनिधित्व गरेकी छिन उनले। बिबाहित महिला भएका कारणले धेरै जिम्मेवारी बोक्दै गर्दा कहिले काहीं कार्यालयको काममा समस्या आउने भए पनि उनको हकमा त्यस्तो नभएको बताउंछन्  उनलाई चिन्ने केहि सिएहरु तथा आईक्यानकै केहि कर्मचारीहरु।  घरको जिम्मेवारी र कार्यालयको कामलाइ सन्तुलित बनाउने उनी पनि आईक्यानका इमान्दार कर्मचारीहरुमध्ये मै पर्ने विश्लेषण गर्छन आईक्यानका कर्मचारीहरुलाई नजिकबाट नियालेका व्यक्तिहरु।  र त आईक्यानमा उल्लेखनीय योगदान दिएको भन्दै उनलाई  पनि सम्मान गरेको छ आईक्यानले। अर्थमन्त्री डा. राम शरण महतको हातबाट एक भब्य कार्यक्रमका बीच उनलाई पनि 
सम्मान गरिएको हो। बधाई सबिना महर्जन  र हाम्रा लागि काम गरेर उत्कृस्ट बनेकोमा  सलाम !

प्रतिक्रिया दिनुहोस्