Skip to content

चार्टर्ड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’द्वारा विभूषित

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चार्टर्ड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’द्वारा विभूषित भएका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६-०५-३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्माननीय राष्ट्रपतिले विभूषण प्रदान गर्ने घोषणा भएकोमा मिति २०७७-१२-२७ मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपतिले न्यौपानेलाई उक्त विभूषण प्रदान गरेकी हुन् ।
सिए न्यौपाने यसअघि पनि राष्ट्रपतिबाट विभूषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्