काठमाडौँ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अध्यक्षमा भाष्कर सिंह लाला निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार सो पदका लागि उनको मात्र उम्मेद्वारी परेपछि उनी संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अवको एक बर्ष उनी आइक्यानको अध्यक्षका रुपमा रहनेछन् ।
यता संस्थाको उपाध्यक्षका लागि भने दुई जनाको उम्मेद्वारी परेको छ । सिए पियुष आनन्द र सिए सुजन काफ्ले आइक्यानको उपाध्यक्ष हुने दौडमा छन् । शुक्रबार उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
प्रतिक्रिया दिनुहोस्