
- सिए सरोकार सम्बाददाता
दिल्ली- चार्टर्ड एकाउन्टेन्ट सदस्यहरु संचालक रहेको बिजहब कन्सल्टिंङ सर्भिस प्रा.लि. (बिजहब) र अमिटी विश्वबिद्ध्यालयको समूहमा निहित अमिटी ग्लोबल भर्सिटी प्रा.लि.बीच विभिन्न पेशागत तथा बौद्धिक विकास सम्बन्धि तालिम तथा सेमिनारका कार्यक्रमहरु नेपाल तथा विदेशमा संयुक्त रुपमा संचालन गर्न साथै अन्य सम्बन्धित विधाहरुमा पनि संयुक्त रुपमा मिलेर कार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा विश्वविद्यालयका तर्फबाट उपाध्यक्ष सन्दिप रेवानकर र बिजहबको तर्फबाट संस्थापक संचालक प्रदिप सिग्देलले मिति २०७५ असार १२ गते संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अमिटी विश्वविद्यालय नोएडामा सम्पन्न भइ सम्झौता पछि दुवै पक्षका पदाधिकारीहरुले उत्तरोत्तर प्रगतिको कामना गर्दै एक आपसमा बधाई तथा शुभकामनासमेत दिएका थिए ।
बिजहबले यस अघि पनि नेपालमा विभिन्न तालिम तथा परामर्श सम्बन्धि कार्यहरु गर्दै आइरहेको र सम्झौतापश्चात अमिटी विश्वविद्यालयले खोज तथा अनुसन्धान गरी पत्ता लगाएका नयाँ तथा रचनात्मक मोडलहरुमा आधारित तालिम तथा कार्यक्रमहरु नेपालममा पनि संचालन गर्ने र त्यसले देशमा अवस्थित प्रतिष्ठानहरु पूर्ण रुपमा लाभान्वित हुने कुरामा बिजहबले विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्