Skip to content

बधाई छ : एनसेलको हाइप्रोफाइल जागिर छाडेर प्राक्टिसमा छिरेका बिष्णु भण्डारीले आइक्यानको काउन्सिल चुनाव जिते !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- बिष्णु भण्डारीले चुनाव जितेका छन् । केहि समय अगाडी एनसेलको ‘हाइ-प्रोफाइल’ जागिर छोडेर प्राक्टिसमा होमिएका बिष्णु भण्डारीले आइक्यानको काउन्सिल चुनाव जितेका छन् । लामो समय कर्पोरेट क्षेत्रमा काम गरेर पछिल्लो समय आरपीबी एण्ड एसोसीएट्समा पार्टनर भएर भित्रीएका भण्डारीले कर सम्बन्धि पुस्तक पनि लेखेका छन् । उनी अहिले फर्ममा पनि करसँग सम्बन्धित नै काम गर्छन् ! 
उनको जीतसँगै उनका पार्टनर समेत रहेका चार्टड एकाउन्टेन्ट भरत रिजालको धन्न ‘नाक’ जोगिएको छ । उनले समर्थन गरेका अर्का पात्र अच्यूत राज जोशीले चुनाव हारेपनि भण्डारीको जीतले थोरै भएपनि उनलाई राहत दिएको हो ।  सुजन काफ्लेको हारले त प्रकाश लम्सालको नाकमुख नै देखाउन नमिल्ने गरी इज्जत गएको कुरा बुझ्न गाह्रो छैन । 

प्रतिक्रिया दिनुहोस्