
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं काउन्सिलको चुनावमा चार्टर्ड एकाउन्टेन्ट सिए. भाष्कर सिंह लाला बिजयी बन्न सफल भएका छन् । आइतबार र सोमबार सम्पन्न सो चुनावमा लाला उल्लेखनीय भोट ल्याएर जित हाँसिल गर्न सफल भएका हुन् ।
उनी यो कार्यकाल अघिको आइक्यानको काउन्सिलमासमेत पार्षद् थिए । अघिल्लो चुनावमा पराजित भएपछी आइक्यानमा ग्याप भएका लाला सानदार भोट बैंकसहित कमब्याक भएका छन् । यो पटक उनले आइक्यानको नेतृत्व पाउनेसमेत लगभग पक्कापक्की भईसकेको छ ।
उनलाई विशेषगरी सुदूरपश्चिम प्रदेशमा रहेका सिएहरुको निकै राम्रो साथ थियो ।
लालासहित सन्तोष काफ्ले, युद्धराज ओली, राम चन्द्र खनाल, छेत्र गोपाल ध्वजु, पियुष आनन्द, सुजन कुमार काफ्ले, सुजन श्रेष्ठ, प्रविन कुमार झा र सुरेन्द्र श्रेष्ठले आइक्यानको चुनावमा जीत हात पारेका छन् ।
कुल १० पदका लागि चुनावमा १६ जना भिडेका थिए । जसमा कुनाल क्याल, सन्तोष लम्साल, जयनारायण प्रतिहस्त, सतिश चन्द्र लाल, बिनय प्रकाश श्रेष्ठ, र अमन उप्रेतीले चुनाव हारेका छन् । यी मध्ये पनि कुनाल कयालको सबैभन्दा लज्जास्पद हार भएको छ । सिंगो एक्यानको नेतृत्व गरिरहेका आनन्द शर्माको समूहको समर्थनमा उठेका कयालको हारलाई विशेष अर्थका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्