Skip to content

भाष्कर लालाको चुनावी पोजिसन : काउन्सिलमा जीत नजिक, उपाध्यक्षमा यसपाली पनि हार पक्का !

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ- थुप्रैपटक चुनाव हार्नुको पीडा कस्तो हुन्छ ? यो प्रश्नको उत्तर कि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग होला कि आइक्यानको चुनावमा पटक पटक हारे व्यहोरेका भाष्कर लालालाई । तर फेरि कसैले ३-४ पटक कुनै कुरामा हारेर पनि हार खानु हुँदैन भन्ने पाठ पनि यीनैबाट सिक्दा हुन्छ । एक- दुई ‘एटेम्ट’ फेल भएर निराश विद्यार्थीहरुका लागि त भाष्कर लालाको यो हराई प्रेरणाको स्रोत नै बन्न सक्छ । तर नेपाल बोर्डका अर्का एक पात्रलाई समेत उठ्न नदिएर यसपाली पनि आफैं चुनावमा उठेका भाष्कार लाला काउन्सिलको चुनावमा जीत नजिक छन् । तर उनले यसपाली पनि उपाध्यक्षको चुनाव भने उठे भनेपनि हार्ने पक्का छ !
काउन्सिलको चुनावमा जीत नजिक !
यसो त काउन्सिलको चुनावमा उनी जीत नजिक पुगेका छन् । गत चुनावदेखि आफुसँगै राखेका भोटहरुमध्ये केहि बिच्किएका छन् भने अधिकांस टिकेका छन् । ‘कहिल्यै ठाउँमा पुग्ने होइन, यिनलाई किन भोट दिने ?’ भन्ने समूह एकातर्फ छ भने जो उठेपनि र जतिपटक उठेपनि भाष्कर लालालाई भोट दिनुपर्छ भन्नेहरु पनि छन् । उनलाई जिताउनका लागि नेपाल बोर्डका केहि खरा मान्छे पनि लागेका छन् । त्यसैले उनले काउन्सिलको चुनाव जित्ने सम्भावना बढी छ । यसो त अघिल्लो पटकभन्दा यसपाली उनको चुनावी तयारी पनि बढी राम्रो छ । त्यो आवश्यक पनि छ । त्यसैले उनलाई जित्नेहरुकै लिष्टमा अपेक्षा गरिएको छ ।   

उपाध्यक्षमा हार पक्का !
यसपालीको उपाध्यक्षमा कृष्ण आचार्य लगभग पक्कापक्की छ । त्यसपछिको चुनावमा मदन शर्मा र सुजन काफ्ले उठ्दैछन् । यि मध्ये एकपटक मदन शर्मा र एक पटक सुजन काफ्लेको सम्भावाना बढी छ । त्यसैले भाष्कर लालाको उपाध्यक्ष भन्ने सपना पूरा हुन अझै गाह्रो देखिएको छ । काउन्सिलको अन्तिम कार्यकालमा उपाध्यक्ष उठेभनेपनि अर्को पटक चुनाव जित्न फेरि गाह्रो छ । हुन त यसपाली भाष्करलाई दिउँ अर्को पटक कृष्ण आचार्यलाई दिउँ भन्ने कुरा पनि उठेको हो । यसपाली कृष्ण आचार्यलाई उपाध्यक्ष बनाउँ अर्को पटक भाष्करलाई दिउँ भन्ने कुरा पनि उठेको हो । तर यी दुवै सम्भावना कम छन् ।

प्रतिक्रिया दिनुहोस्