Skip to content

सिए छोडेर कलाकार बनेका ‘बले’ का संघर्षका कथाहरु


 
भनिन्छ,
हाँस्यब्यंग्यका गुरु चार्ली च्याप्लिन बिरामी आमालाई हस्पिटल छाडेर
रंगमंच पुग्थे र उटपट्याङ गरिहाल्थे । ठिक त्यस्तै दर्जनौं पीडाका चाँङहरु
पैतालामूनि राखेर पनि दुनियाँ हँसाउन माहिर छन् सागर लम्साल अर्थात ‘बले
सोल्टी’ ।स् याङ्जाको ज्याग्दीखोलामा जन्मिएका बले सोल्टीले बाल्यकालभरि
एउटै उद्देश्य मनमुटुमा च्यापेर हिँडे, ‘हिरो बन्ने’ । ‘पाँच कक्षामा पढ्दा
सरले सोधे, ह्वाट ईज योर एम ? मैले उत्तर दिएँ, सर म हिरो बन्न चाहन्छु ।’
बलेले कुराकानीलाई क्वाइन् गरे ।

बाल्यकालदेखि नै
‘कलाकार सपना’ मनभरि साँचेर हुर्केबढेका सागरले जब सपनालाई बिपना तुल्याउने
अठोट गरे, त्यतिबेला परिवार र नातेदारले भनिदिए ‘कलाकारीता लाइनमा
छिर्नैहुन्न !’ नातेदारले त्यस्तो सल्लाह दिएपछि सागर ‘स्पेन सपना’ को
पछाडि दौडिए । ‘भिसा रिजेक्ट हान्दियो’ उत्तेजित शैलीमा सागर बोले ।
भनिन्छ नी, जिन्दगीको जग बस्न समय लाग्छ । जिन्दगीको जग उठाउने क्रममा सागर दिल्ली र गुडगाउँसम्म पुगे । ‘सिए
पढन् भनेर दिल्ली र पछि फेरि बिबिए पढन् भनेर गुडगाउँतिर भौतारिएँ’ सागरले
भने । बिबिए सेकेन्ड सेमेस्टरको जाँच दिएपछि नेपाल फर्केका सागर यता पनि
उत्तिकै भौतारिए । ‘नेपाल फर्केर आयल्ट्स पढ्न शुरु गरेको, पढ्नै मन लागेन
पछि फेरि बिबिएस ज्वाईन गरेँ ।’ उनले भने ।

बिबिएस
पढ्दा पढ्दै एकदिन पुतलीसडकतिर भौतारीइरहेका बेला उनको आँखा मोडलिङ
इन्स्टिच्युटको एक होर्डिङ बोर्डमा अडिए । ‘अनि म त्यहिँ भर्ना भएर मोडलिङ
सिक्न थालेँ ।’ लम्सालले विगत सम्झिए । त्यहि इन्स्टिच्युटमा मोडलिङ
सिक्दा–सिक्दै उनी पुरानो बानेश्वरको अभिनय सिकाउने इन्स्टिच्युटमा पुगे ।
‘साथीभाईको संगतले विरेन्द्र हमाल सरको एक्टिङ इन्स्टिच्युट खोज्दै गएँ’
बलेले भने ।

पुरानो बानेश्वरस्थित काभ्रे डेरीको विपरीत
दिशामा रहेका इन्स्टिच्युटमा पुग्दा विरेन्द्र हमाल एकसुरले एक्टिङ
सिकाउँदै थिए । त्यस्तोमा हमाललाई सुटुक्क बोलाएर बलेले सोधेछन् ‘सर नयाँ
भर्ना हुन लागेको, फि कस्तो छ ?’ अनि हमालले उत्तर दिएछन् ‘वावु मेरो फि
अलि कस्टली छ, कम्तिमा बिस हजार तिर्नुपर्छ ।’ ‘त्यसपछि मेरो मुटु
काँपीहाल्यो भन्या !’ फेरी उत्तेजित शैलीमा सागर बोले ।

उनि
थप्दै थिए ‘एक रुप्या आम्दानी नभको बेलामा बिस हजार भन्या यहाँ होर ?’ पछि
‘गरिब किसानको छोरा हुँ’ भन्दै हमाललाई पाँच हजारमा एक्टिङ सिकाउन राजी
गराएका लम्साल यत्तिबेला देशविदेशका भयंकर स्टेज र सानो पर्दामा जमिरहेका
छन् ।

नाटकबाट कलाकारीतामा डेब्यु

आजभन्दा
करिब ६ बर्षअघि नेपाली कलाकारीतामा प्रवेश गरेका लम्सालले ‘माया’ भन्ने
नाटकमा पासिङ रोल खेलेका थिए । ‘पहिलो रंगमञ्च र क्यामेराफेस मैले नाटकबाट
गरेँ’ हँसिलो मुद्रामा सागर बोले । ‘माया’ नाटकमा उनले कपी बोक्ने
स्ट्ण्डीङ आर्टिष्टको भुमिका खेलेका थिए । उनी भन्दै थिए ‘जे होस त्यो
पासिङ रोल नै थियो ।’

‘माया’ नाटकमा सामान्य भुमिका
निर्वाह गरेर अभिनयको ढोका ढक्ढक्याएका सागरले एकदिन आदित्य विक्रम
लम्साललाई भेटेछन् । भारतवाट निर्देशन कोर्स सकेर नेपाल आएका आदित्यलाई
सागरले सोधेछन् ‘ ए दाई तपाई कहाँको लम्साल ?’ उत्तर आएछ ‘ज्याग्दीखोलाको
!’ ‘एकै ठाउँको भएपछि मैले उँहालाई फलोअप गरेको गर्यैं गरेँ’ सागरले भने ।
त्यतिबेला भारतबाट आर्टस टाइपको मुभि बनाउन नेपाल आएका आदित्यसँग सागरले
उनको मुभिमा एक सिन मात्रै माग गरे तर, आदित्यले सागरलाई सहयोग गर्न आग्रह
गरे ।

‘त्यतिवेलासम्म मलाई कलाकारीताको भुत निकै चढिसकेको
थियो ।’ यत्ति भन्दै बलेले बाफ उठ्दै गरेको मिल्क टि को पहिलो सिप लिए ।
कलाकार बन्छु भनेर भिडेको पाँच बर्ष वित्दा पनि परिणाम देखाउन नसेकपछि
उनलाई परिवारले पनि अर्को फिल्ड रोज्न दबाव दिइरहेका थिए । ‘यस्तोमा मैले
आमालाई कलाकारीतामै प्रगति गर्छु भन्दै केही समयको माग गरेँ ।’ मलिन शैलीमा
सागर बोले ।

आदित्य
विक्रमलाई आर्टस (सहयोग) गर्ने भन्दै उनको टिममा छिरेका सागर लम्साल ‘बले’
ले ‘लोफर’ फिल्मका तीन ओटा सिनमा अभिनय गरे । ‘त्यो मेरो लागि निकै ठुलो
अपच्र्युनीटि थियो ।’ सागरले चियाको दोस्रो सिप लिए । लोफरमा उनले ‘बले’ को
रुपमा खेलेको सह–अभिनेताको भूमिका नेशनल अवार्डमा नोमिनेटेड भएको थियो ।

‘त्यसपछि
छबि बाले मलाई लज्जामा लिनुभो’ बले मुस्कुराए । छबि ओझाले निर्माण गरेको
चलचित्र ‘लज्जा’ मा हिरोइनको भाइको रोल खेलिसक्दा सागरलाई करिब दशओटा
मुभिमा अभिनयको अफर आइसकेको थियो । ‘लज्जामा हिरोइनको भाइ बनेर खेलेपछि
मैले पछाडि फर्केर हेर्नैपरेन’ उनले भने । फिल्मी अफर जत्ति आउँथे,पहिले
स्क्रिप्ट हेर्थे सागर । ‘क्यारेक्टर नै मन पर्थेन’ उनले चियाको अर्को
घुट्को निले ।

अचानक जिग्रीको फोन

सागर
लम्साल ‘बले’ लाई मिल्ने क्यारेक्टर खोज्दै थिए, त्यस्तोमा एकदिन अचानक
कुमार कट्टेल ‘जिग्री’ ले फोन गरेर भने ‘तपाई मिडीया हवमा आउन मिल्छ ?’
‘तपाई को ?’ ‘म भद्रगोल सिरीयलको जिग्री बोलेको’ यस्तो उत्तर भुँइमा खस्न
नपाउँदै बले जिग्रीलाई भेट्न हान्निए ।

कक्रोच, पाँडे
सोल्टी र जिग्रीले लोफर हेरेपछि बलेलाई भद्रगोलका लागि प्रस्ताव गर्न
टेलिफोन गरेका थिए । ‘हामीले लोफर हे¥यौं, तपाईको क्यारेक्टर साह्रै मनप¥यो
! भद्रगोलमा खेल्ने हो ?’ भद्रगोल टिमको यस्तो आग्रहपछि सागरले प्रश्न गरे
‘हुन्छ, तर कस्तो क्यारेक्टर हो ?’ ‘बले’ कै रोल खेल्न पाउने भएपछि सागर
लम्साल आँखा चिम्लेर हाम्फाले भद्रगोलको रिलमा ।

तपाईलाई
कमेडी आर्टिष्टमा के कुराले आकर्षण ग¥यो ? पंक्तिकारको प्रश्न भुँइमा खस्न
नपाउँदै सागरले भने– ‘म एक्टर हुँ, क्यारेक्टर कहिल्यै कमेडी हुँदैन बरु
परिस्थितिले कमेडी बनाउँछ ।’ उनि लोफरदेखि लज्जासम्म आफ्ना फरक भुमिकाको
चर्चा गर्दै थिए ।

सागर लम्साललाई भद्रगोल
टेलिश्रृङ्खलाले नेपाली समाजमा ‘बले’ को रुपमा परिचित गरायो । सागर भन्दै
थिए ‘जनताले पहिला भद्रगोल ब्राण्डलाई रुचाए त्यसपछि बलेलाई ।’ ‘म मात्रै
हैन, आजको समाजमा भद्रगोलका पात्र नरुचाउने को होला र ?’ उनले चियाको अर्को
सिप लिए ।

बरु अन्त चिन्छन्, टोलमा चिन्दैनन

राजधानीका
सडक गल्लिहरुमा प्रायः स्कुटीमा हुँइकिने बले सोल्टिलाई धेरैले सजिलै
चिन्दैनन् । ‘एक्लै हिँड्दा चिन्दैनन्, तर कक्रोचसँग हिँडे भने फ्याट्टै
चिन्छन् ।’ आफ्नै शैलीमा सागर बोले । जब राजधानीका सडकम बले र कक्रोच एकसाथ
झुल्किन्छन् त्यतिवेलो युवा –युवतीहरु यस्तो टिप्पणी गर्छन ‘बले हेर त,
बले ! हेत्तेरी यो त कस्तो गोज्याङ्ग्रो जस्तो देखिन्थ्यो भद्रगोलमा, बाहिर
हेर्दा निकै ह्याण्डसम पो रहेछ ।’ ‘मेरै अगाडि मलाई गोज्याङ्ग्रो भन्दा
रिस उठ्दैन,बरु मज्जा आउँछ’ सागरले भने ।

यसरी
आफ्नो बसोबास क्षेत्र वाहिर धेरैले चिन्ने भएपनि आफ्नो टोलमा भने बलेलाई
भद्रागोलका कलाकारको रुपमा कसैले चिन्दैनन् । ‘मेरो टोलमा भद्रगोल प्रसारण
हुने दिन (शुक्रवार) बत्ति नै हुँदैन अनि कसले चिनोस ?’ बलेले प्रतिप्रश्न
गरे ।

भद्रगोलका कलाकारमध्ये अहिले बले र कक्रोचको स्पेशल
जोडी बनेको छ । देशका धेरैजसो महोत्सवका स्टेजहरुमा यहि जोडीलाई देख्न
सकिन्छ । ‘हिजो काठमाडौं टेकेको,फेरि पर्सी हिँड्दैछौं’ सागरले भने ।

‘बले सोल्टी आईलभ यु’ भन्नुत नर्मल भैगोनी’

‘बले
सोल्टी’ का फ्यान फलोअर धेरै भैसके । तिनै फ्यानमध्येबाट उनलाई धेरैपटक
प्रेम प्रस्ताव आईसकेको छ । ‘त्यस्तो प्रपोज सागर लम्साललाई भन्दा पनि
क्यारेक्टरलाई आएको हो, किनकि सागर हैन ‘बले’ भन्ने पात्र सेलीब्रेटी हो ।’
सागरले भने । उनि थप्दै थिए ‘त्यस्तोमा बले सोल्टी आईलभ यु भन्नु त नर्मल
भैगोनी ।’

नेपाली कलाकारीता क्षेत्रमा यतिको फड्को हान्न
सफल सागर लम्साल संघर्षको चरणमा कैयौं रात अनिदो बसे । ‘आँखा चिम्लिन
खोज्थेँ, दिमागमा शाहरुख खान आउँथ्यो, अनि शाहरुखले अडियन्सकोबीचमा हात
हल्लाएको कल्पना गर्थें ।’ उनले भने । शाहरुखको कल्पना गर्ने सागरले हाँस्य
टेलीश्रृङ्खलाको ‘बले सोल्टी’ लाई भने कहिल्ये कल्पेनन् । त्यसैले भनिएको
होला ‘कल्पेजस्तो हुन्न जिवन ।’

अभिनय सिक्दै गर्दा
शाहरुखलाई कल्पने बले सोल्टीलाई आजभोलि नेपाली रंगकर्मी दायाहाँङ राईको
अभिनयले निकै आकर्षित गर्ने गरेको छ । ‘नेपाली सन्दर्भमा सिताराम कट्टेल
पनि मनपर्छ म तर शाहरुख खानको डाइहार्ट फ्यान हुँ ।’ उनले चियाको अर्को सिप
लिए ।

सुनिन्छ, नेपालका कलाकारलाई हात–मुख जोर्न झन–झन
कठिन बन्दैछ । यो प्रसंगमा प्रवेश गर्नासाथ बले सोल्टीले भने ‘कलाकारीता
आत्मसन्तुिष्ट हो, मेरो हकमा आजकाल पेट पाल्ने समस्या छैन तर भविष्य
जान्दिन ।’ उनले फेरि थपे ‘किनभने कसैको भविष्य कसैलाई थाहै हुन्न ।’

हिजो मेसेज रिप्लाई नदिनेहरु आज सोध्छन् ‘के छ यार ?’

हिजोका
सागर लम्साल र आजका ‘बले सोल्टी’ यि दुई पात्रलाई उनकै सहकर्मीले पनी दुई
फरक तरिकाले ब्यवहार गरे । ‘मान्छे खुब सेल्फीस हुँदा रहेछन्, हिजो म सागर
लम्साल हुँदा कसैले वास्तै गर्थेन ।’ उनले मान्छेहरुका स्वार्थीपनमाथि
आक्रोशको आगो ओकले । ‘सागर लम्साल’ मात्रै हुँदा विदेशिएर लाहुरे बनेका
साथीभाईलाई उनि फेसवुकमा मेसेज गर्थे ‘के छ यार ?’ यस्तोमा रिप्लाइ नै
आउँथेन । ‘तर म ‘बले सोल्टी’ बनेपछि तिनै सोध्छन्, के छ यार ?’ सागरले भने ।

यता
‘सागर’ हुँदा ‘फलानाको छोरो बिग्रियो त्योसँग संगत नगर्नु’ भन्ने
नातेदारहरु ‘बले सोल्टी’ बनेपछी ‘वावु मेरो छोरालाई पनि राम्रो नलेज देउ न’
भन्न थाले । ‘के भन्ने यो संसारै स्वार्थी हो ।’ सागरले चियाको अर्को सिप
लिए ।

हिजो गोरेटो पहिल्याउँदै अगाडि बढेको ‘बले सोल्टी’
को जिन्दगीको गाडी आज राजमार्गमा प्रवेश गरिसकेको छ । ‘गोरेटो पहिल्याउँदै
गर्दा खोले खाएर बाँचे’ उनले विगत सम्झिए । उनी थप्दै थिए ‘मैले हिजो खोले
खाएको दिन कसैले देखेन, तर आज मासुको झोल खाएको सबैले देख्छन् ।’
निश्कर्षमा आजका ‘बले सोल्टी’ हिजोको सागर लम्सालकै मेहनतको उपज थियो ।

मन खाने एउटी थिईन्:
‘बले सोल्टी’ अविवाहीत कलाकार हुन् । ‘करियर निर्माणकै क्रममा छु, दाई र
बैनीको पछि अन्तिममा बिहे गर्नुपर्ला ।’ उनले भने । विद्यालय जीवनमा
केटीसाथी निकै बनाएका बले सोल्टी आजभोली भने केटीसाथीविहीन छन् । ‘स्कुल
पढ्दा टन्नै थिए, तिमध्ये दश कक्षामा सँगै पढ्ने एउटी भने मन खाने थिईन् ।’
बले सोल्टी मुस्कुराए ।

प्लस टु पढ्दा भने
‘विराटनगरवाली’ सँग प्रेमको माला जप्दाजप्दै ब्रेक अप भएपछि उनले फेरि
तेस्रो युवतीलाई प्रपोज गर्ने दुःख गरेनन् । ‘अब डाइरेक्ट बिहे गर्ने सोचमा
छु ।’ बलेले भविष्यको योजना सुनाए ।

अन्तमा, मैले बुझेको…:‘मैले
अभिनय सिक्नुअघि अर्थात ‘हिजो’ र आजको दिनको कलाकारीतामा निकै फरकपन
आइसकेको छ । हिजो पर्दामा देखिने कलाकारको साइडमा बिजनेस हुनुपथ्र्यो ।
सानो पर्दामा कमाइनै हुन्थेन । तर आज कमाइ हुन थालेको छ । नेपालमा
महोत्सवको लहर छ, विदेशमा गएर कार्यक्रम देखाउन पाइएको छ ।

नेपाली
कलाकारको समग्र अवस्था अहिले राम्रो भएपनि भविष्य फुलाउनको लागि साइडमा
केही गर्नैपर्छ । कतिपय मान्छे ‘आज’ सोच्छन् तर भोलि बिर्सन्छन् । तर म
तिनबर्षे प्लान बनाएर हिँडेको छु ।’ ‘शायद जो कोसैले पनि प्लान बनाएर
हिँड्नुपर्छ ।’ ‘बले सोल्टी’ ले संवाद टुंग्याए । रातोपाटिमा खबर छ।

प्रतिक्रिया दिनुहोस्