सिए बालचन्द्र श्रेष्ठ । सिएको कोचिङ प्रदायक संस्था, सीएआइका प्रमुख । उनको एसएलसी कथा पनि निकै रमाइलो छ । ५३ जनामा जम्मा ३ जना पास भएका थिए र उनी त्यहि ३ जनामा परे । एसएलसीको परिक्षाबारे ज्योतिषको भविष्यवाणी राम्रो थिएन । ज्योतिषले उनलाई फेल हुन्छस् भनेका थिए । तर उनी पास भए ।
सिए सरोकारसँग आफ्नो एसएलसी अनुभव सुनाउँदै उनले भने, ‘ज्योतिषले फेल हुन्छस् भनेको थियो । मनमा डर पनि थियो। तर पास भइयो । मैले पास भएर देखाएँ । त्यो बेला अहिले जस्तो प्रविधि थिएन। नतिजा हेर्न गाउँबाट साइकल चढेर काठमाडौँ आएको थिएँ। बल्ल बल्ल गोरखापत्र पाइयो र एसएलसीको नतिजा हेरियो ।
त्यो बेला गोरखापत्रमा नतिजा आउँदा खुब भिड हुन्थ्यो नतिजा हेर्ने । ५३ जनामा जम्मा ३ उतिर्ण भएका थिए। खुसीको सिमा नै थिएन । बाबुको नाक जोगाएँजस्तो लागेको थियो । ‘
उनी अगाडी भन्छन्, पास भएपछी त खुसीको सिमानै थिएन । ३ घण्टा हिडेर नगरकोट गइयो र भोज दिइयो ।’
प्रतिक्रिया दिनुहोस्