
‘नेपाल राष्ट्र बैंकलेनै अडिटरलाई कारवाही गर्नसक्ने व्यवस्थासहित ‘बाफिया’ पारित हुने भएको छ ।’ भनी चलेको हल्लाको पछी नलाग्न सम्बन्धित निकायका पधाधिकारीहरुले अनुरोध गरेका छन् । प्रस्तावित बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकको मस्यौदामा नेपाल राष्ट्र बैंकलेनै लेखापरीक्षककलाई कारवाही गर्न सक्ने व्यवस्था गरिएको कुरामा कुनै पनि सत्यता नभएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।
‘लेखापरीक्षण र लेखा परीक्षक सम्बन्धि व्यवस्थामा कतै पनि लेखापरीक्षकलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्ने भन्ने उल्लेख छैन । बैंक तथा वित्तीय संस्थाको लेखापरिक्षण गर्न लेखापरीक्षकहरुको सूचीकरण गर्ने काम पहिला पनि हुन्थ्यो, अहिले पनि हुन्छ ।’ राष्ट्र बैंक स्रोतले सिए सरोकारलाई बतायो ।
यता आइक्यानका विभिन्न काउन्सिल सदस्यले पनि यस्तो कुनै व्यवस्था पारित हुन लागेको ‘बाफिया’ मा नभएको स्पष्ट पारेका छन् । ‘लेखापरीक्षकलाई कारवाही गर्ने भन्ने कुनै पनि ब्यबस्था आउँदो ‘बाफिया’ मा छैन । बाफियाको ड्राफ्ट गर्ने बेला म पनि छलफलमा भाग लिएको थिएँ । त्यस्तो कुनै पनि व्यवस्था बफियामा छैन । बरु लेखापरिक्षण कसुरमा परेको खण्डमा कहिले पनि लेखापरिक्षण गर्न नपाउने भन्ने नियम थपिन लागेको थियो, त्यो अहिले सच्चिएको छ । ‘ काउन्सिल सदश्य सुरेश देवकोटाले भने ।
यता एक्यानका अध्यक्ष भरत रिजालले पनि हुँदै नभएको कुरालाई बंग्याएर कसैमाथि दोष थुपार्ने बदनियतका हल्ला फिजाइएको र बाफियामा लेखा परिक्षण सम्बन्धि नियममा कुनै पनि परिवर्तन नभएको बताएका छन् ।
यता अन्य केहि काउन्सिल सदश्य, नेपाल राष्ट्र बैंकका पधाधिकारी र बाफिया ड्राफ्टमा संग्लग्नहरुले पनि यस्तो कुनै पनि ब्यबस्था नभएको स्पष्ट पारेका छन् । ‘कसैलाई दोष थुपार्ने बदनियतका साथ् आइक्यानकै जिम्मेवार पधाधिकारीहरुले गलत हल्ला फिजाउँन सहयोग गरेका छन्। यस्तो कुनै व्यवस्था बाफियामा छैन। ‘ एक अर्का काउन्सिल सदस्यले सिए सरोकारलाई बताए ।
प्रतिक्रिया दिनुहोस्