Skip to content

हाते पर्चामा पनि अडिट रिपोर्टको बिज्ञापन ! किन कारवाही गर्न आँटसमेत गर्दैन आइक्यान ?

काठमाडौँ- लेखा व्यवसाय सम्बन्धि कार्यको बिज्ञापन गर्न नपाइने भन्ने स्पष्ट व्यवस्था हुँदा पनि अडिट रिपोर्टको बिज्ञापन हाते पर्चा र टेम्प्लेटमा समेत हुन थालेको छ । जति नै यस्ता घटना बाहिरिंदा पनि आइक्यानले कारवाही गर्छौं भन्ने गफ मात्र गर्ने तर कारवाहीचाहिं नगर्ने गर्दा यस्ता घटनामा वृद्धि भएका छन् ।
अझ आइक्यानको नेतृत्व परिवर्तन भएर जग्गनाथ उपाध्याय अध्यक्ष भएपछि यस्ता घटनाक्रम बढ्नुलाई झनै रहस्यमय रुपमा हेरिएको छ । यसअघि पनि थुप्रै यस्ता घटना सार्वजनिक हुँदा आइक्यानले केहिलाई स्पष्टीकरण लिएको थियो भने कसैलाई पनि कारवाही भने गर्न सकेको छैन । 
लेखापरीक्षणजस्तो संवेदनशील कामलाई यसरी देख्दा नै सस्तो बनाइएपछी समग्र पेशाको नै बदनाम एकातर्फ भइरहेको छ भने औपचारिकताका लागि मात्र जहाँ सस्तो त्यहाँ नै काम गर्ने परिपाटी बढेको छ । अर्कोतर्फ यसले समग्र आइक्यानको सक्षमतामाथि नै प्रश्न चिन्ह उठाएको छ भने बजारमा यस्तो गलत काम हुँदा पनि आइक्यानको नेतृत्व किन कानमा तेल हालेर बसेको छ भन्ने प्रश्न उब्जिएको छ ।
अहिले अनुगमन समितिको संयोजकमा आइक्यानका पूर्वअध्यक्षसमेत रहेका मधुवीर पाण्डे छन् । पार्षद्लाई संयोजक बनाउँदा जति काम हुन्थ्यो, आइक्यानका पूर्व अध्यक्षहरुलाई संयोजक बनाउँदा कुनै पनि समितिले खास राम्रो काम गर्न नसकेको चर्चा चलिरहेका बेला यस्ता घटना बढीरहनु र आइक्यान मौन बस्नुले उक्त तथ्यलाइ पनि बढावा दिएको देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्