Skip to content

अडानको राष्ट्रिय महाधिवेशन आजबाट


काठमाडौं–लेखापरीक्षकहरुको साझा पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को चौथो राष्ट्रिय महाधिवेशन आजबाट राजधानीमा शुरु हुदैछ ।

महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो ४ वजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

मुलुकभरका करीव पाँच सय लेखापरीक्षक प्रतिनिधिहरुको सक्रिय सहभागिता रहने अडानको राष्ट्रिय महाधिवेशन ३ दिन सम्म चल्ने जनाइएको छ ।

अधिवेशनवाट नयाँ नेतृत्व समेत चयन हुने अडानका उपाध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यस पटकको अधिवेशनमा नेपाल चार्टर्ड एकाउण्टेण्टस् सम्वन्धी ऐन, संगठनात्मक र आर्थिक शुसासन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्