
काठमाडौं–लेखापरीक्षकहरुको साझा पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को चौथो राष्ट्रिय महाधिवेशन आजबाट राजधानीमा शुरु भएको छ । उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी वलीले उद्घाटन गरेका छन् ।
मुलुकभरका करीव पाँच सय लेखापरीक्षक प्रतिनिधिहरुको सक्रिय सहभागिता रहने अडानको राष्ट्रिय महाधिवेशन ३ दिन सम्म चल्नेछ । अधिवेशनवाट नयाँ नेतृत्व समेत चयन हुनेछ ।
यस पटकको अधिवेशनमा नेपाल चार्टर्ड एकाउण्टेण्टस् सम्वन्धी ऐन, संगठनात्मक र आर्थिक शुसासन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्