Skip to content

अडानको चौथो माधिवेशन जेठ २२ र २३ गते आयोजना हुँदै, तयारी तीब्र

दर्तावाला लेखापरीक्षकहरुको साझा पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को चौथो राष्ट्रिय महाधिवेशन मुलुकको राजधानी काठमाण्डौंमा भव्य रुपमा सम्पन्न हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको  प्रमुख आतिथ्यता र अर्थमन्त्री श्री विष्णु पौडेलको विशेष आतिथ्यता र मुलुकभरका करीव तीन सय पचास लेखापरीक्षक प्रतिनिधिहरुको सक्रिय सहभागिता रहने अडानको राष्ट्रिय महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी अडानले गराएको छ । “राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान” भन्ने मूलनाराका साथ सम्पन्न हुन लागिरहेको चौथो राष्ट्रिय महाधिवेशनको समुदघाटन समारोह जेठ २१ गते शुक्रवार काठमाण्डौंको लाजिम्पाटस्थित होटल ¥याडिसन र जेठ २२ र २३ गते बन्द सत्र काठमाण्डौं बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजना हुदैछ ।   

अडानले प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।  बिज्ञप्तिमा भनिएको छ, ‘मुलुकभर ८ हजारको हाराहारीमा रहेका लेखापरीक्षकहरुलाई संगठित गरी उनीहरुको हकहितको प्रवद्र्धन र क्षमता अभिवृद्धिका लागि २०६३ श्रावण २० गते काठमाण्डौंमा अडान स्थापना भएको हो । स्थापनाको झण्डै साढे नौ वर्षको अवधिमा यस एशोसिएशनको केन्द्रमा प्रभावकारी भूमिकासहित ६५ जिल्लामा संगठन विस्तार र क्रियाशिल  छ । लेखाव्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) लाई सम्पूर्ण लेखाव्यवसायी र विशेषतः रजिष्टर्ड अडिटर्स (आरए) हरुको हितमा क्रियाशिल बनाउने प्रयासलाई निरन्तर अघि बढाई रहेका छौं । अडान लेखाव्यवसायको उन्नयन र विकासका लागि समर्पित छ र सामाजिक सुशासन एवम् आर्थिक अनुशासनका लागि दृढ प्रतिवद्ध छ ।’ 
विज्ञप्तिमा अगाडी लेखिएको छ, ‘लेखाव्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को सशक्तीकरण अलावा सबै लेखापरीक्षकहरुको हकहितका लागि क्रियाशिल बनाउन भूमिका खेल्दै आएका छौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स ऐन र आइक्यानमा विशेषतः आरएहरुप्रतिको सबै विभेद हटाउनका लागि विभिन्न समयमा मांगपत्रहरु प्रस्तुतिसहित आन्दोलनसमेत गर्दै आएका छौं । हाल लेखापरीक्षण गराउनुपर्ने निकायहरुको संख्याको तुलनामा लेखापरीक्षक जनशक्तिको संख्या पर्याप्त नभएको सन्दर्भमा एक व्यक्ति एक पेशा नीति तत्काललाई पर सार्न, लेखापरीक्षण रकमसीमा समयानुकुल वृद्धि, सरल वर्गवृद्धि, क्षमतावान आरएहरुलाई चार्टर्ड एकाउण्टेन्सी (सिए) प्रवेश, क्षमता एवम् गुणस्तरीयता अभिवृद्धि, आइक्यान परिषदमा आरएहरुको संख्या र भूमिका वृद्धिलगायतका २२ सुत्रीय मांगहरु उठाएका थियौं । समग्र लेखाव्यवसायी र लेखापरीक्षकहरुको हकहितसहित पेशागत गुणस्तरीयता, पहिचान र मान्यताका निम्ति बहशपैरवीसमेत गर्दै आएका छौं । 
मुलुकभरका लेखापरीक्षकहरुको सर्वोच्च थलोको रुपमा रहेको यस राष्ट्रिय महाधिवेशनले संगठनात्मक र  आर्थिकलगायत प्रतिवेदनहरु सामुहिक छलफल गरी पारीत गर्नेछ । संविधान प्राप्तिपछि मुलुकले हासिल गर्न खोजेको आर्थिक समृद्धि र सामाजिक न्यायको सुनिश्चितता र लेखापरीक्षकहरुको भूमिका विषयमा महाधिवेशनबाट साझा धारणा र यात्रा तय गर्नेछौं । साथै महाधिवेशनले नयां नेतृत्व निर्वाचित गर्ने कार्यक्रम रहेको छ ।’
विज्ञप्तिको अन्त्यमा लेखिएको छ, ‘राज्यको चौथो अङ्गको रुपमा रहेको सम्मानित सञ्चार क्षेत्रले हाम्रो संगठन र हामीले उठाएका आन्दोलन, मांग र कार्यक्रमहरुलाई प्राथमिकतासहित प्रकाशन र प्रशारणको अनुभव हामीसंग रहेको छ । सिंगो राष्ट्र र विशेषतः आर्थिकलगायत सम्वद्ध क्षेत्रले महत्वको साथ हेरिरहेको यो चौथो राष्ट्रिय महाधिवेशनलाई भव्य र परिणाममुखी बनाउन यहांहरु र समस्त सञ्चार क्षेत्रलाई हार्दिक आमन्त्रण गर्दछौं । साथै चौथो राष्ट्रिय महाधिवेशनको तपसिल बमोजिमको कार्यक्रम, विषयवस्तु र निष्कर्षहरुलाई यहांहरुको सञ्चारमाध्यममा प्राथमिकतासाथ प्रकाशन र प्रशारणका लागि हार्दिक अनुरोधसमेत गर्दछौं । ‘
तपसिल
१. कार्यक्रमः पत्रकार सम्मेलन
मितिः २०७३ जेठ २० गते
समयः दिनको ४ बजे
स्थानः होटल इन्द्रेणी, नयां बानेश्वर ।
२. कार्यक्रमः चौथो राष्ट्रिय महाधिवेशन समुदघाटन समारोह
मितिः २०७३ जेठ २१ गते
समयः दिनको ४ बजे
स्थानः होटल ¥याडिसन, लाजिम्पाट  
प्रमुख अतिथिः सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू ।
३. कार्यक्रम ः चौथो राष्ट्रिय महाधिवेशन बन्द सत्र
मितिः २०७३ जेठ २२ गते
समयः दिनको ८ बजे
स्थानः कार्की ब्यान्केट, बबरमहल, काठमाण्डौं । 
 

प्रतिक्रिया दिनुहोस्