Skip to content

‘नक्कली अडिटर’हरुलाई कारवाही गर्न माग

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नक्कली अडिटरहरुलाई कारवाही गर्न माग गरेका छन् । गैरलेखा व्यवसायीहरुले कार्यालय नै खोलेर गैरकानुनी रुपमा लेखा परीक्षणको काम गरेको भन्दै त्यस्ता नक्कली अडिटरहरुलाई कारवाही गर्न लेखा परीक्षकहरुले माग गरेका हुन् । नेपाल अडिटर्स एशोसिएसन उपत्यका प्रदेश कमिटीको परिषद्बाट घोषणापत्र जारी गर्दै लेखापरीक्षणको गरिमा र मर्यादा कायम राख्न गैरकानुनी काम रोक्न माग गरेका हुन् ।
यसैगरी चाटर्ड एकाउन्टटेन्ट ऐन-२०५३ ले दर्तावाल लेखापरिक्षकलाई विभेद नगर्न, सेयर ब्रोकरको लेखा परीक्षण सिएबाट मात्र गराउने धितोपत्र बोर्डको व्यवस्था खारेजी गर्न समेत माग गरेका छन् । काठमाडौं उपत्यकामा पनि गैरव्यवसायीहरुले कार्यालय खोलेरै लेखा परीक्षणको काम गरेको छ तर यसलाई नेपाल चार्डर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले नियमन गर्न सकेको छैन । यसैगरी लेखा व्यवसायीहरुले पनि आचारसंहित विपरित गैरव्यवसायीले गरेको लेखा परीक्षण रिपोर्ट प्रमाणित गर्ने गरेका छन् । दर्तावाला लेखा परीक्षकका रुपमा लामो समय काम गरेपनि अनुभव र दक्षताको कदर नभएको उनीहरुले भनेका छन् ।
कार्यक्रममा बोल्दै आइक्यानका अक्ष्यक्ष मदनकृष्ण शर्माले लेखा परीक्षणलाई व्यवस्थित बनाउन आइक्यान सक्रिय रहेको दावी गरे । लेखाव्यवसायीलाई व्यवस्थित गर्नका लागि उनीहरुको आचारसंहित र लेखा परीक्षण शुल्कको पनि पुनरावलोकन गर्न लागिएको जानकारी दिए । अडानका संस्थापक अध्यक्ष कमल खरेलले लेखा परीक्षकप्रति सरकार र सर्वसाधारण जनताको ठूलो विश्वास रहेको भन्दै त्यसलाई कायम राख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्