
नेपाल अडिटर्स एशोसिएशन (अडान) का नवनिर्वाचित प्रथम केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले लेखापरीक्षकहरुप्रतिको सबै विभेद अन्त्य हुनुपर्ने बताउनुभयो । आज वीरगञ्जमा लेखापरीक्षकहरुको तीन दिने क्षेत्रीय स्तरको अनवरण व्यवसायिक शिक्षा कार्यक्रमको उदघाटन गर्दै पौडेलले उक्त कुरा बताएका हुन ।
चार्टर्ड एकाउण्टेण्ट र रजिष्टर्ड अडिटरहरु एउटै पेशा गर्ने र एक्काइसौं शताव्दिमा एउटै पेशाका व्यक्तिहरु वर्गीय विभेदमा परिरहेको बताउदै नयां बन्ने नेपाल चार्टर्ड एकाउण्टेण्ट्स ऐनमा हटाउन पौडेलले मांग गर्नुभयो। नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) पूर्वपार्षदसमेत रहेका पौडेलले लेखापरीक्षकहरुले विधि, नीति र कार्यक्रम बनाउने निकायमा समान रुपमा मताधिकार र प्रतिनिधित्वको हक पाउनुपर्ने बताउनुभयो ।
हालै आर्थिक अध्यादेशको दफा १२७ मा लेखापरीक्षकहरुलाई मतियारको रुपमा व्याख्या गरिएको बताउदै व्यवस्थापनले प्रस्तुत गरेको वित्तिय विवरणमा टिप्पणी तथा कैफियत लेखेर प्रमाणिकरण गर्नेहरु मतियार हुन नसक्ने बताउदै त्यसलाई तत्काल खारेज गर्न सरकारसंग पौडेलले मांग गर्नुभयो ।
राजस्व तथा स्रोतहरुको प्रवाह, संस्थागत सुशासन र भावी कार्यदिशा निर्माणमा महत्वपूर्ण भूमिकामा रहेका लेखापरीक्षकहरुको पेशागत हकहित सुनिश्चित भएमात्र उनीहरुले प्रभावकारी रुपमा काम गर्न सक्ने पौडेलेको कथन थियो । अहिलेको शिक्षा ऐनमा पनि लेखापरीक्षकहरुको स्वात्तय र निर्भिकता रुपमा काम गर्ने अधिकार खोसिएको बताउदै पौडेलले यस्तो अवस्थामा कसरी संस्थागत सुशासन कायम हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अडानका निवर्तमान प्रथम केन्द्रीय उपाध्यक्ष मोहन सुवेदीले आइक्यानलाई सबैको हकहितमा काम गर्ने सक्षम नियामक निकाय बनाउन आफुहरुले प्रयास गरेको बताउदै अव त्यसका लागि ऐनमा नै ध्यान दिनुपर्ने बताउनुभयो । सुवेदीले लेखापरीक्षकहरुको समान हकअधिकार स्थापित नभएसम्म आइक्यानको सशक्तीकरण सम्भव नभएको बताउनुभयो ।
त्यस्तै बरिष्ठ चार्टर्ड एकाउण्टेण्ट सुवास खण्डेलवालले सबै लेखापरीक्षकहरुको हकहितका लागि अडानले काम गरिरहेको बताउदै लेखापरीक्षकहरु आफनो पेशागत जिम्मेवारीप्रति वफादार हुनुपर्ने बताउनुभयो ।
अडान पर्साका अध्यक्ष हृदयमोहनलाल दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियार र टिना सुवेदी, क्षेत्रीय कोषाध्यक्ष मुरारी आचार्य, क्षेत्रीय सदस्य चन्द्रमोहन अधिकारी, अडान बारा अध्यक्ष मुनिन्द्रलाल कर्ण, रौतहट अध्यक्ष लक्ष्मण चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अडान पर्साका उपाध्यक्ष सन्तोष साहले गर्नुभएको थियो ।
तीन दिनसम्म चल्ने तालीममा बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाहीलगायत जिल्लाहरुका १०० लेखापरीक्षकहरु सहभागी छन । कार्यक्रमको आयोजना प्रोफेसन सोलुशन र स्थानीय व्यवस्थापन अडान पर्साले गरिरहेको छ ।






प्रतिक्रिया दिनुहोस्