
किर्ते र जालासाजी मुद्दामा जेल समेत परेका सनराइज बैंकका चिफ म्यानेजर अरुण पराजुुली फरार भएका छन् । नक्कली सरकारी छाप बनाई नागरिक उड्डयन प्राधिकरणको जग्गा किर्ते गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी दुुई वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना र बिगो समेत भराउने फैसला गरेपछि पराजुुली फरार भएका हुुन् ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले पराजुुलीलाई दोषी करार गर्दे जरिवाना तथा कैदको सजाँए सुनाएलगत्तै पराजुुली फरार भएका हुुन् । स्रोतका अनुसार पराजुुली अहिले बैंकका नियमित सम्पर्कभन्दा बाहिर रहेका छन् । यसअघि सार्वजनिक जग्गा किर्ते र जालसाजी गरेको अभियोगमा केही समय जेल समेत परेका पराजुुलीलाई सनराइजले जेलबाट छुुटेपछि पनि पुुनः चिफ म्यानेजरकै रुपमा राख्दै आएको थियो । पराजुुलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको नाउँमा रहेको जग्गा किर्ते गरी बिक्रीवितरण गरेको अभियोगमा पक्राउ गरेको अदालत पेस गरिएको थियो ।
सनराइज आउनुुअघि पराजुुली अफगानिस्तानमा बस्दै आएका थिए । त्यहाँ बस्दा पनि पराजुलीले विभिन्न आपराधिक गिरोहरुसँग मिलेर गलत कार्य गर्दै आएको स्रोतले बताएको छ । स्रोतका अनुसार बैंकमा ल्याएदेखि नै पराजुुली विभिन्न सरकारी जग्गा किर्ते गरी हडप्ने खेलमा लागेका थिए । यस्तो खेलमा पराजुुलीलाई उनकी श्रीमतीले पनि साथ दिएकी थिइन् । सोही आधारमा पराजुुलीले नागरिक उड्डयन प्राधिकरणको नाउँमा रहेको जग्गा कब्जा गर्न सफल भएका थिए ।
-आर्थिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्