
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत क्याप टुको नतिजा कमजोर रुपमा आउँदा बजारमा आर्टिकल ट्रेनीहरुको हाहाकार भएको छ । केहि बर्षअघिसम्म क्याप टु उतिर्ण गरेका विद्यार्थीहरुले आर्टिकल ट्रेनी गर्न फर्म पाएनन् भन्ने चर्चा चल्ने गरेको थियो । तर अहिले आइक्यानका विद्यार्थीहरु थोरैमात्र क्याप टु पास गरेको र अधिकांसले ठूलो फर्म ताक्ने हुनाले मझौला र साना अडिट फर्मले आर्टिकल ट्रेनी नै नपाएको गुनासो सिएहरुले गर्न थालेका छन् ।
बजारमा आर्टिकल ट्रेनीहरुको हाहाकार हुन थालेपछी भ्याकेन्सी छाप्ने सिए फर्महरुको संख्या पनि ह्वात्तै बढेको छ । आर्टिकल ट्रेनीहरुसम्म आफ्नो सहज पहुँच नपुगेपछी थुप्रै सिएहरुले अहिले सिए सरोकार डटकम लगायतका प्लेटफर्महरुमा पनि भ्याकेन्सी छापीरहेका छन् । ‘पास नै थोरै भएका छन् । पास भएकाले पनि ठूला फर्म ताकीरहेका छन् । अनि साना तथा मझौला फर्महरु बाँकी रहेका विद्यार्थीहरुसम्म पनि पुग्न सकेका छैनन् । तयसैले बजारमा आर्टिकल ट्रेनीहरुको हाहाकार भएकै हो ।’ सिए सरोकार डटकमसँगको कुराकानीमा एक सिएले भने ।
यता यस विषयमा आइक्यानले खास चासो दिएको छैन । बजारमा आर्टिकल ट्रेनीहरु नपाउँदा अडीट फर्महरुले खास ज्ञान नभएका बिबिएस पढिरहेका वा पास गरेकाहरुबाट काम गराईरहेका छन् । जसले समग्र लेखा व्यवसायमा नै समस्या आउने त होइन ? भन्ने शंका पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्