त्यो
दिन बिहान आठै बजे बोसले डाके।सेप्टेम्बरको महिना दिल्लीको गर्मि झन्
ट्याक्स क्लासमा गुप्ता सर एसेस्मेन्ट पढाइरहेका थिए।अफिसमा दस जना आर्टिकल
थियौं।नौ जना मभन्दा अगडीनै पुगि सकेछन।मलाई पुग्न आधा घन्टा ढिला भयो।आज
कुन रामकहानी सुनाउने भए भन्ने लाग्यो।बिस्तारै मुलढोका खोले।पिन ड्र्प
साइलेन्स जसरि लम्कीरहेको थिए बुढाको क्याबिन ढोका खुल्लै रहेछ,पर्यो
आपत,अत्तालिदै भने,”गुड मर्निङ सर”।फायर भएर को हि के हो मुन्टो मात्र
हल्लाए।मनमा पन्जाबी ढोल बज्न थाल्यो।अर्को कोठामा पुगे सब एकटकले मतिरै
हेरिरहेका थिए।सिराहा घर भएका साथी समीर यादबले म पुग्नु भन्दा पहिल्यै एक
गिलास पानी तयार पारेका रैछन,देख्नासाथ सिनित्तै पारेँ।हिजो साझ दस बजे
फर्किदानै सरले सतर्क गराएका थिए।त्यसैले आज क्लास पनि घाममा
सुकाइयो।

हिजोका कुरा सम्झे पछि झन् डर लाग्न थाल्यो।आज अन्तिम दिन थियो
रिटर्न फाइलिङको।बुढाले सबैलाई काम सुम्पिसक्या रहेछन्।समिरलाई सोधेँ,”मेरो
बारेमा कहि त भनेन सुड्डोले?”।समीरलाई यस्तो बेला दिमाग चाट्न खुब मजा
आउथ्यो,”अ यार बढो लास्ट फाएर भारैछ,घरमा बुढिसग ठाकठुक परेजस्तो छ,तेरो आज
क्लास लाग्ने भो”।म सबैभन्दा खराब स्थितीको लागि आफूलाई मानसिकरुपमा तयार
पार्न थाले।सोचे हद भने जा भन्ला,बालै भएन हिड्ने हो।अफिसमा नेपाली
बोल्नुको अलग मजा के थियो भने कोहि बुझ्दैन थे,समीर पनि नेपालीमै कुरा गर्न
रुचाउथ्यो,भाषाले पनि आत्मीयता बढाउदो रैछ।सुरुसुरुमा गाली त गर्या हैन
भन्दै अन्य स्टाफहरु असजिलो मान्थे,आजकल बानी परे।एउटै अफिसमा तीन भाषा
बोलिन्थ्यो,समीरसग नेपाली,स्टाफसग हिन्दी अनि सरसग अङ्ग्रेजी।

केही समयपछि बुढाले आफ्नो कार्यकक्षमा बोलाए।जान ढिला गरे परिस्थिती जटिल
बन्ने देखेर म झट्पट गैहाले,”यस सर”।”किन ढिलो?” पहिलो प्रश्न नै टु द
पोइन्ट।ढिलो उठे भनम भने पन्चुवालिटीको पाठ सिक्नपर्छ।केहीबेर शिर
निहुराउदै सोच्दै थिए।”आधा घन्टा पछि जवाफ दिन्छस क्या हो?”झटारो हानी त
हाले।अचानक मुखबाट फुत्कियो,”दस बजे तपाईंले छोडेपछि घर गए,खाना बनाए, खाएर
भाडा माझ्दै समय गयो ढिला भो,ढिलो सुतेपछि ढिलो उठियो”।

खासमा हिजो राती
बाहिरै एक प्लेट फ्राइड राइस बजाएर सुतेको थिए,कोठामा बाइले बनाएको
मसालेदार खाना रुच्न छोडेको थियो।दिउँसोको लन्च सेप्टेम्बरभरी अफिसमै
मिल्ने हुनाले बिहान बाहाना बनाउन पाइएन।यति भनेपछि इमोसनल ब्ल्याकमेल
गरेजस्तै भो।सोचे भन्दा उल्टो बुढाले भन्न थाले,”बेटा,सिए बन्न त्यति सजिलो
कहाँ छ र,यसरीनै संघर्स गर्नु पर्छ,पन्चुअल पनि बन्न
जान्नुपर्छ………….”।

म होमा हो मिलाउदै गए।मैले गर्न पर्ने काम बुढाले
हातमा थमाए।सोचे सिए टेक्निकल मान्छे जरुर हो तर मन भएको मान्छे पनि त
हो।ठुलै युद्ध जितेझै मन उफ्रिरह्यो।क्याबिन बाहिर निस्केपछि सबैले सोध्न
थाले,”के भो के भो?”।सबैलाई अल इज वेल भन्दै आफ्नो कुर्सीमा बसे।सिस्टम अन
गरेपछि छेउमै बस्ने समीरले सोध्यो,”के भो यार?”।मलाई पनि रमाइलो गर्न मन
लागिहाल्यो,”सुड्डोले भोलिबाट नआउन पो भन्छ यार”।समीरलाई साच्चै नरमाइलो
लागेछ क्या हो भन्यो,”हो र म पनि जान्छु यार एक्लै त मनै लाग्दैन,दिन
काट्नै मुस्किल पर्छ,बरु म भोलि नै ट्रान्सफर फर्म सायन गराउछु,एक साल सम्म
त हाम्रै मर्जी हो नि”।मैले उसका आँखा हेरेको थिए,आत्मियता र आफ्नोपनले
भरिएका भावहरु झल्किन्थे।

त्यो दिन रात साढे बार बजे
फैकियौ।फर्किने बेलामा अटोभाडा भन्दै सरले पाँच सय रुपैयाँ हातमा
थमाइदिए।बाटोमा मैले उसलाई सबै यथार्थ बताए।हामी यहि अफिसमा तीनसाल सगै काम
गर्ने भयौं।मेरो कोठा नजिक थियो,समीर पनि मेरै कोठा सुत्ने भयो।मैले सोचे
देशभन्दा टाढा हामीसबैको जात नेपाली हुन्छ,देशभित्र एक अर्कासग समुदाय
भिडाइएका छन।ब्रेनवास गर्ने नेताले नेपाली एकतालाई बर्बाद पार्ने
भए..सोच्दासोच्दै निदाएछु।
अफिसमा सर नभएको बेलामा मेला
लाग्थ्यो।कोहि क्लाइन्ट आउदा बाहेक अरुबेला गफगाफ ज्यादा हुन्थ्यो।एकपटक
अफिसमै नेपाल भारत बहस चल्यो।कुरो चल्दैजादा एकजनाले नेपाल त भारतको अंग हो
भन्यो।रिसले मुरमुरीदै समीरले नेपालको स्वतन्त्रता र सार्भभौकितालाई
प्रष्ट पार्न जस्तो भुमिका खेल्यो म गर्वका साथ भन्छु अन्य कुरामा कमजोर
भएपनि नेपालीहरु स्वाभिमान र स्वधिनताको मामलामा अडिग छन्।त्यसपछि अफिसमा
नेपाल भारत बहस कमनै हुन थाले।समीर भन्ने गर्थ्यो,”म मधेसी जरुर हु,त्यो
भन्दा पहिले नेपाली हु”।

उसले यसो भनिरहदा मन यति खुशी भयो कि सोचे आजको
सचेत युवाबर्गले चाहेमा हाम्रो एकतालाई कसैले हल्लाउन नसक्ने रहेछ।देश र
एकताका कुरा हुँदा उ गाउने गर्थ्यो,”नेपाली हामी रहौला कहाँ,नेपालै
नरहे………”।

प्रतिक्रिया दिनुहोस्