Skip to content

गज्जब मन, सिए विद्यार्थी युग लामिछानेको लेख

सायद  जीन्दगी आफैमा पूर्ण यात्रा होला, मात्र कसैको यात्रा लामो समयको  लागि हुन्छ अनि कसैको यात्रा छोटो समयको लागि । अनि हामीले भन्ने गरेका यात्रा (साधारण कतै जाउ आउ), मात्र त्यस जीवन रुपि यात्राका गोरेटाहरु मात्र । हरेक गोरेटोमा परिचित तथा अपरिचित पक्षको साथ त हुन्छ नै । गोरेटो न हो,  कसैको सहज होला कसैको असहज अनि अव्यवस्थित । कतिपय सफल मानिएका गोरेटाहरु पनी असफल कहलिन्छन् असफल यात्राहरुले सफलताको शिखर पुर्याउन मदत गर्दछन् । सायद हामीले सोचे जस्तो सहज कसै पनि हुदैन, हामी आफुले सोचेजस्तो सफल त  पक्कै भइएको हुदैन । कतिपय कुराहरुमा अब त यस क्षेत्रको सफलता हासिल गरिएला भन्दा भन्दै पनि कुनै न कुनै साना ठुला बाधा व्यबधान हरु अवस्य आउनेछन । 
कसैको साथ, सहज गोरेटो, रमाइलो गोरेटो पाउन त ठुलै कसरत नै गर्नुपर्ला, कति समय गोरेटा हरु फरक हुन सक्छन् तर फरक गोरेटोका यात्रु हाम्रो मन एउटै हुन सक्छ । गोरेटो को यात्रा गर्दा गर्दै अनेकौ यात्रु हरु बिचमा नै भेटिन्छन् बिचमा नै छुट्छन् । ति सबै यात्रुलाई मनले बाधेको हुन्छ, मनले एक गराएको हुन्छ, वा त्यहि मनले अलग गराएको हुन्छ ।
मन पनि गज्जबकै संगठन रैछ । संगठन यस कारण की आफु जान्ने र केहि स्मरण गर्न सक्ने भएदेखिका सारा कुरा हरू संकलन गरेर राखेको छ । मानौ यसले ४०,५० जनाको हाराहारीमा कर्मचारी राखेको छ, र तिनीहरू लाई तालिम दिएर दक्ष बनाएर राखेको छ जो हरपल काममा लागि परेका छन् कुनै आदेश पाएको सेकन्ड पनि नबित्दै आज सम्म भए गरेका, हुदै गरेका र हुन सक्ने तथा नसक्ने सारा कार्य योजना पेश गर्न सक्छन् । 
अनि आदेश पाउनासाथ कसलाई के असर पार्छ केहि बिचार नै नगरी सारा कुरा बाहिर ल्याउन सुरू गर्छन् । जसलाई याद गर्दा बढि एकल महशुस हुन्छ अनि जसलाई भुल्न जरूरी छ त्यसैको यादको पोको पहिला फुकार्इ्दिन्छ । त्यसैले कहिलेकाहि नचाहदा नचाहदै पनि आँशु खसार्इ्दिन्छ, अनि कहिलेकाहि नचाहदा नचाहदै पनि मुस्कान पोखिदिन्छ । 
गज्जब संगठनले काम त राम्रै गरेको थियो होला तर कतिपय अबस्थामा खप्नै नसकिने पिडा र पुराना समयको याद दिलार्इ्दिन्छ । त्यसैको फलस्वरूप आज कहिले रूने अनि कहिले हास्ने गोरेटो रूपि यात्रामा हिँडीरहेछु । अनि तिनै मनका कर्मचारी हरूले पेश गरेका कार्य योजना मनमा खेलाई रहेछु अनि बाचिरहेछु । र कार्ययोजना पनि प्रायजसो भईसकेका कार्यहरूको कार्य विवरण केँलाईरहेछु । कारण त्यहि कार्ययोजनाहरू मेरो लागि रमाईलो अनि केहि सपना बोकेका थिए , तर आज ति कार्ययोजना आज कार्य विवरण बनेका छन् अनि सारा सपना अधुरा जस्ता तथा केहि अपुर्ण कार्य योजनाका प्रतिफल जस्ता बनिरहेछन् र पुन नया तर तिनै अपुर्ण कार्ययोजना कोर्न प्रयासरत छु तर कार्ययोजना कोर्नका लागि कुनै कुराको अभाब छ । 
त्यतिखेर कार्ययोजना तयार गर्ने अनुभव थिएन तर आज कार्य योजना तयार गर्नको लागि कसैको साथको अभाव छ । कुनै दिन नगरकोट, सुर्य्विनायक, भृकुटिमण्डप लगाएतका ठाउमा साथ दिएर अपूर्ण कार्य योजना तयार गर्न साथ दिएका केहि साथीको, कोहि साथीको अभाव छ आज । केहि छोटो समयमा साथ दिएका सहयात्री हरूलाई याद गर्न विवस छु आज । होला अहिले पनि तिनै सहयात्रीले साथ दिएको छु भनेर सोचेका पनि हुन सक्छन् तर खोइ कुन कुरामा साथको अभाव महसुश गरिरहेछु । सलाम ति सहयात्री हरूलाई अनि मिठो यादका गुच्छाहरू, साथै शुभ कामना पनि ।
र अन्तमा सम्पुर्ण स्रष्टामा सम्मान सहित सलाम उहाहरुको लेखन लाई, हुन त मैले उहाँहरु सँग अहिले सम्म सम्पर्क गरेको छैन र कुनै परिचय पनि गरेको छैन तर उहाँहरुकै लेख बाट प्रभावित शब्द हुन् भन्न रुचाउछु यसलाइ, जानी नजानी जोडेका शब्द लाई । क्षमा चाहन्छु गल्ती र अपमान भएमा ।

प्रतिक्रिया दिनुहोस्