
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल एसबिआई बैंक लिको संचालकमा चार्टड एकाउन्टेन्ट अर्जुन कुमार गौतम नियुक्त भएका छन् । कर्मचारी संचय कोषमा कार्यरत उनी केहि दिन अघि बैंकको संचालक समितिमा नियुक्त भएका हुन् ।
अध्यापन कर्ममा समेत क्रियाशील उनी धेरै विद्यार्थीका लागि प्रेरणाका पात्र समेत बनेका छन् । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको बैंकको २५औँ साधारणसभामा उनी संचालकका हैसियतले उपस्थित थिए ।
उनलाई सफल कार्यकालको शुभकामना !
प्रतिक्रिया दिनुहोस्