
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- पछिल्लो समय नेपाली सिए क्षेत्रमा ‘टपर्स उत्पादन केन्द्र’को उपनाम पाएको एकेडेमी अफ कमर्शले यसपालीको आइपीसीसीको नतिजापनि अब्बल प्राप्त गरेको छ । केहि दिनअघि प्रकाशित नतिजा अनुसार नेपालबाट आइपीसीसीमा र्यांक ल्याएका सबै विद्यार्थी एओसीका छन् ।
यसो त आइपीसीसीमा सबैभन्दा बढी विद्यार्थीपनि एओसीमै थिए । एओसीमा अध्ययन गरेका विद्यार्थी राजीव केसी, जनार्दन शैशी र सुवाष आचार्य, क्रमश ८औ, १३ औं र १७ औं र्यांकमा आउन सफल भएका छन् ।
एओसीले यस्तो अब्बल नतिजा ल्याएपछि संस्थाका प्रबन्ध निर्देशक सिए दीपक पाण्डेले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने सबै शिक्षक, विद्यार्थी र अभिवावकलाई धन्यवाद दिएका छन् । एओसी आइसीएआइ अन्तर्गत अल इन्डिया फर्ष्ट र्यांक ल्याउन सफल सिए इन्स्टिच्युट हो ।
टपर विद्यार्थीहरुसँगको विशेष टेलिभिजन अन्तर्वार्ता हामी छिट्टै लिएर आउंदैछौं ।
प्रतिक्रिया दिनुहोस्