Skip to content

एओसीका विद्यार्थी बिमल ढुंगेल, आइपीसीसीमा यसपालीका नेपाल सेन्टर टपर !

  • सिए सरोकार सम्बाददाता 

एकेडेमी अफ कमर्श (एओसी) का विद्यार्थी बिमल ढुंगेलले यसपाली आइसीएआइ अन्तर्गत सिएको दोश्रो तह आइपीसीसीमा नेपाल सेन्टर टप गरेका छन् । उनले कुल ६०.२८ प्रतिशत ल्याई नेपाल टप गरेका हुन् । भारतभरको नतिजा ४ प्रतिशतमात्र हुँदा पनि नेपाल सेन्टरबाट परिक्षा दिएकाहरुको नतिजा उत्कृष्ट हुन सकेको थियो ।
एकेडेमी अफ कमर्श (एओसी) बाट यसअघि सिपिटी र आइपीसीसीमा भारतभरमै प्रथम भएर प्रणव प्रतिक तुल्स्यानले इतिहास रचेका थिए । त्यहिबेला देखि नै विशेषगरी भारतीय बोर्ड अन्तर्गत सिएको नतिजा आउने बित्तिकै एओसीको नतिजा कस्तो आयो भन्ने कुराले खास अर्थ राख्ने गरेको छ ।

सिए सरोकारसँग कुराकानी गर्दै  एकेडेमी अफ कमर्श (एओसी) का प्रबन्ध निर्देशक दीपक पाण्डेले निरन्तर रुपमा एकेडेमी अफ कमर्श (एओसी) ले ल्याएको नतिजाले एओसी नेपाली सिए क्षेत्रमा अब्बल थियो र छ भन्ने प्रमाण भएको बताएका छन् । ‘सगरमाथा चढ्न जति गाह्रो छ, त्योभन्दा बढी गाह्रो त्यहाँ टिकिरहन हुन्छ ।’ प्रबन्ध निर्देशक पाण्डेले सुनाए ।

यसो त एकेडेमी अफ कमर्श (एओसी)ले नेपाल बोर्डको नतिजामा पनि उल्लेखनीय उपस्थिति देखाउन सफल भइसकेको छ । आइक्यानको गत परीक्षाको नतिजामा क्याप वानका उत्कृष्ट १० मध्ये ७ जना एकेडेमी अफ कमर्श (एओसी) बाट परेका थिए ।       

प्रतिक्रिया दिनुहोस्