Skip to content

एकेडेमी अफ कमर्श उत्कृष्ट सिए इन्स्टिच्युटको रुपमा सम्मानित

उत्कृष्ट सिए अध्ययन गराउने सिए इन्स्टिच्युटको रुपमा एकेडेमी अफ कमर्श सम्मानित भएको छ । मोटिभेटन्यूज डटकमले आफ्नो पहिलो बार्षिक  उत्सवको अवसरमा एओसीलाई उक्त अवार्डद्वारा सम्मानित गरेको हो । नेपालामा सिए अध्यापन क्षेत्रमा क्रियाशील विभिन्न सिए इन्स्टिच्युटहरुमध्ये उत्कृष्ट सिए इन्स्टिच्युटको अवार्ड एओसीले हात पारेको हो । 
उक्त समारोहमा मोटिभेट न्यूजको पहिलो वार्षिक उत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । प्रेरणापुत्र सम्मानद्धारा ओरलो म्याग्जीलो फिजिसियन डा. सुभाष घिमिरे, कुसल शैक्षिक नेतृत्व सम्मान २०७३ बाट प्यावशन काठमाडौँका अध्यक्ष थकिन गुरुङ र कुसल कार्यसम्पादन सम्मानद्धारा मोटिभेट न्यूजका प्रधान सम्पादक शिवशक्ति आचार्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सिन्दुपाल्चोक क्षेत्र नं. तिनका सांसद शेरवहादुर तामाङ, नेपाली जनता दलका अध्यक्ष तथा सांसद हरिचरण शाहको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सांसद शेरवहादुर तामाङले नीजि क्षेत्रलाई अवार्ड दिनु देशको असफलता भएको दावी गरे । नेपालमा शिक्षाको विकास हुन नसक्दा हजारौँ नेपाली विद्यार्थी लाखौँ पैसा खर्च गरेर विदेशमा अध्ययनको लागि जाने गरेका बताउँदै नेपालमा गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाहरुको खोजी गरी अवार्ड वितरण गर्नु सरहानीय कार्य भएको बताए ।
नेपाली जनता दलका अध्यक्ष तथा सांसद हरिचरण शाहले गणतन्त्र विरोधी तथा संघियता नचाहानेहरुलाई साथमा लिएर सरकार गठन गरेकाले थो सरकार अपवित्र भएको दावी गर्दै यो अपवित्र गठबन्दन तोड्न आग्रह गरे । संघियता तथा गणतन्त्र विरोधीलाई सरकारबाट हटाएर पनि बहुमत पुग्ने भएकाले उनीहरुलाई सत्ता गठबन्दनबाट निकाल्न उनको आग्रह थियो । त्यस्तै उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक प्रोत्साहन सम्माद्धारा सम्मानित गरिएको थियो ।
सम्मानित हुनेहरुमा काठमाडौँ इङलिस स्कुलका प्रिन्सिपल दिनेश खतिवडा, सानतेन मेमोरियल स्कुलका प्रिन्सिपल शक्तिराज नेपाल र कान्तिपुर एकेडेमीका प्रिन्सिपल बालकुमार गुरुङ रहेका छन् । उक्त कार्यक्रममा चौध विधामा मोटिभेट राष्ट्रिय शैक्षिक अवार्ड २०७३ को घोषणा गरिएको थियो । उत्कृष्ट समाजसेवी शैक्षिक संस्थाको अवार्ड नेशनल आइडिएल बोर्डिङ हाइस्कुलले हात पारेको थियो भने उत्कृष्ट प्रधानाध्यापक संस्थापक विद्यालयको आवार्ड रमेशबहादुर कटुवालले हात पारेका थिए । कटुवाल आइएसओ सर्टिफाइट स्कुल नेक्सस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल हुन् ।
उत्कृष्ट क्याम्पस प्रमुखको अवार्ड रामहरी सिलवालले हात पार्दा उत्कृष्ट संस्थागत विद्यालयको अवार्ड रिलायन्स इन्टरनेशनल एकेडेमीको पोल्टामा गएको थियो । त्यस्तै, उत्कृष्ट +२ टेक्सास इन्टरनेशनल कलेज, उत्कृष्ट प्राविधिक कलेज विनायक कलेज अफ हेल्थ साइन्स, उत्कृष्ट कलेज स्नातक तह ग्लोवल कलेज अफ म्यानेजमेन्ट र उत्कृष्ट सिए अध्ययन गराउने इन्सिच्यूट एकेडेमी अफ कमर्सले अवार्ड हात पारेका थिए । विभिन्न देशमा अध्ययनको लागि पठाउने कन्सल्टेन्सीहरुले पनि अवार्ड हात पार्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्