Skip to content

जनता बैंक छोडेका सिए अनिल रेग्मी सेञ्चुरी बैंक जाँदै, केहि दिनपछी औपचारिक पदभार सम्हाल्ने !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- जनता बैंकका फाइनान्स हेड सिए अनिल रेग्मी सेञ्चुरी  बैंक जाने भएका छन् । एक  पद बढुवा भएर उनी सेञ्चुरी  बैंक जान लागेका हुन् । लामो समय जनता बैंकमा काम गरेका उनी सेञ्चुरी  जाने भएपछि जनताले नेपाल बंगलादेश बैंकमा कम्पनी सचिव भएर काम गरेका सिए धीरज सुवेदीलाई रेग्मीको ठाउँमा ल्याईसकेको छ भने सुवेदीले जनतामा काम गर्न सुरु गरिसकेका छन् ।   
‘केहि दिन उपत्यका बाहिर हुनेछु । त्यसपछि सेञ्चुरी ‘जोइन’ गर्दैछु ।’ सिए सरोकार डटकमसँग कुराकानी गर्दै रेग्मीले भने । पछिल्लो समय सीएफओ पदमा सिएहरुको उपस्थिति सम्मानजनक हुँदै गएको छ । 
    

प्रतिक्रिया दिनुहोस्