
काठमाडौँ । पछिल्लो समय एकोहोरो कार्यशैलीका कारण पटक-पटक विवादमा आइरहेका नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) का अध्यक्ष आनन्द शर्मा वाग्लेले अख्तियारीको चरम दुरुपयोग गर्दै संघको फेसबुक पेजमा मनखुसी स्ट्याटस पोष्ट गर्न थालेका छन् । उनले आइसीएआइ र आइक्यानबीच हुन लागेको एमआरएको विषयमा एक्यानको आधिकारिक धारणाजसरी संघको फेसबुक पेजमार्फत आफ्नो भनाइ राखेर एकातर्फ एक्यानको छवि बिगारेका छन् भने अर्कोतर्फ अख्तियारीको चरम दुरुपयोग गरेका छन् । हाल विदेेश रहेका उनले संघको औपचारिक बैठक नबसी र पधाधिकारीसंग समेत सल्लाह नगरी यसरी एक्यानको फेसबुक पेजलाई प्रयोग गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसमाथि उनले प्रयोग गरेको तल्लोस्तरका शब्द, नमिलेको व्याकारण र केहि व्यक्तिगत लजिकमा एक्यानलाइ जोडिनुले एक्यानको प्रतिष्थामा धक्का लागेको धेरैको विश्लेषण छ।
एक्यानका कार्यकारी समिति सदस्य भन्छन्, ‘कुनै छलफल भएको छैन, अध्यक्षले मनपरी गरे’
यता एक्यानका कार्यकारी समितिका एक सदस्यले एमआरए प्रकरणमा एक्यानको फेसबुक पेजमा आएको धारणा आधिकारिक नभएको पुष्टी गरे । ‘यस विषयमा कुनै पनि छलफल भएको छैन । हामीले पनि फेसबुक पेजमा एक्यानको धारणा आयो भनेर बाहिरबाट थाहा पायौं । यो अध्यक्षको अपरिपक्वताको हद हो । उहाँले मनपरी गर्नुभयो ।’ एक्यान भित्रबाटै यस्तो आवाज आएपछि हामीले एक्यानका पधाधिकारीहरुलाई फोन गर्यौं । संघका उपाध्यक्ष दीपक पाण्डेले यस विषयमा कुनै पनि बैठक नभएको बताए । संघका कोषाध्यक्ष राजु ढकालले यस विषयमा अध्यक्षसँग अनौपचारिक छलफल भएको तर फेसबुक पेजमा के आयो भन्ने कुरा आफुलाई थाहा नभएको बताए । महासचिव अरुण राउतले यसरी छलफल नगरी एक्यानको बिज्ञप्तिजसरी स्ट्याटस आउनु गलत भएको स्पष्ट पारे। ‘आनन्द दाइले आफ्नो फेसबुकमा लेखेको भए हुने थियो । संघको नामको र आफ्नो अधिकारको पनि दुरुपयोग भयो यो त । यो उनले गरेको ठुलो गल्ती हो । यो त सरासर मनपरी भयो ।’ संघका एक अर्का सदस्यले सिए सरोकारसँग भने । यस्तो छ शर्माले एक्यानको फेसबुक पेजमा लेखेको स्ट्याटस ।

आनन्द शर्मा वाग्लेको विवाद सिरिज यस्तो छ !
यसो त संघको अध्यक्ष भए देखि नै वाग्ले विवादित बन्दै आएका छन् । आफ्ना मान्छेलाई बिना कोटेसन अष्ट्रेलिया भ्रमणको जिम्मा दिएको भनी सुरुवाती चरणमा विवादमा तानिएका उनी सो भ्रमण ‘सुपर-फ्लप’ भएपछी थप विवादमा आएका थिए । त्यसपछि पनि उनले नेतृत्व गरेका कामहरुमा पनि खासै सिएहरुको सहभागीता देखिएको छैन । पछिल्लो समय उनले नै नेतृत्व लिएर आयोजना गरेको मलेसिया र सिंगापुर भ्रमण पनि सहभागीताका हिसावले फ्लप भएको थियो । यसो त उनको नेतृत्वमा आयोजना भएको सिए कन्फेरेन्समा उनले निकै राम्रै स्याबासी पाउनेवाला थिए । तर यो बेला पनि उनलाई समयले साथ दिएन । कन्फेरेन्सकै अघिल्लो दिन मोटरसाइकलमा सवार व्यक्ति र उनको गाडी ठोकिँदा मोटरसाइकल्मा सवार एक जनाको मृत्यु भएपछि कन्फेरेन्स स्थलमा हुनुपर्ने उनको बास प्रहरी हिरासतमा भएको थियो । मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएपछि उनी दुइसाता भन्दा बढी प्रहरी हिरासतमा बसेका थिए । अहिले उनी अदालतमा पेशी धाइरहेका छन् । त्यसपछि एमआरए प्रकरणमा उनको स्ट्याटस, त्यो पनि एक्यानको पेजमा आएपछि उनी थप विवादमा परेका छन् । उनी मलेसियाबाट फर्किएपछि उनको स्ट्याटसबारे बहस गरेर उनलाई यस विषयमा स्पष्टीकरण सोध्ने तयारीसमेत एक्यानकै केहि कार्यसमिति सदस्यले गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्