
को हुन् अमन उप्रेती ?
अमन उप्रेती पूरा सिए हुन् । उनी हाल प्राक्टिसमा छन् । यसअघि एक्यानको चुनाव हारेपछि एकाएक हराएका उप्रेती हाल आइक्यानको चुनावमा उठ्दैछन् । काममा मेधावी छन् अमन । तर उनको चुनावी तयारी उनले भन्दा बढी उनका साथीहरुले गरिदिएका छन् । यो समाचार तयार गर्दासम्मको स्थितिमा उनी जित नजिक छन् । तर अन्तिम दिन भाष्कर लालाको जस्तै उनको भोट पनि नमज्जासँग काटिएको छ । त्यसकारण पनि उनको जीतबारे त्यसै भन्न सकिन्न । उनी आइक्यानमा जानुपर्ने सिए भने पक्कै हुन् । एजेन्डा खास नभए पनि उनी उठेका अरु औसत सिएहरुभन्दा कम छैनन् । प्राक्टिसका समस्या बुझेका छन् । ठाउँ पाए राम्रो पर्फर्म गर्न सक्छन अमन ।
तर बजारमा यति धेरै चुनाव लाग्दा पनि उनी एकोहोरो रुपमा मात्र चुनावमा लागे। उनी सबै मतदातासम्म पुग्न सकेनन्। यसले पनि उनलाई ब्याक फायर भएको छ । त्यसमाथि बजारमा एउटा झुण्ड आफ्नो उम्मेदवारले बरु हारोस्, अमनले जित्नु हुँदैन भनेर लागेको छ । यस्तो काम उनका लागि पक्कै भारी बन्न सक्छ ।
अमन उप्रेती भोट किन दिने ? किन नदिने ?
उनी चुनाव जिते आइक्यानमा राम्रोसंग लाग्छन, यसकारण उनलाई भोट दिन आवश्यक छ । तर उनी हारे भने हराउँछन् । एक्यानमा उनको बिगत यस्तै छ । जितेमात्र सिए क्षेत्रको सम्मान गर्ने व्यक्ति राम्रो नेता हुन सक्दैन। यस्तो सोच्ने मान्छेले उनलाई भोट दिंदैनन ।
समग्रमा
उनी जित्ने उम्मेदवार हुन्। तर अन्तिम दिन उनको भोट काटिएको रफ्तार हेर्ने हो भनेचाहिं यसै भन्न सकिने अवस्था रहेन ।
प्रतिक्रिया दिनुहोस्