
- सुरज प्याकुरेल / सिए सरोकार डटकम
काठमाडौँ- आशन्न आइक्यानको चुनावको सरगर्मी बढीरहेका बेला यसअघिको काउन्सिल (प्रकाश लम्साल पपुलर भोट पाएको भन्दा अघिल्लो)मा पपुलर भोट पाएका अच्युत राज जोशीले अवस्था कस्तो छ भन्ने विषयमा पनि धेरै ठाउँमा चर्चा चलिरहेको छ । समग्र स्थिति हेर्ने हो भने यसपाली पहिलो नम्बर अर्थात पपुलर भोट नपाएपनि उनले चुनाव जित्ने स्थिति भने पक्कापक्की छ भन्दा फरक पर्दैन । यसै पनि काउन्सिलमा सहिलाई सहि भन्ने र गलतलाई गलत नै भन्न नडराउने र काम गरेर देखाउने सिएका रुपमा परिचित अच्युतराज जोशी सिए क्षेत्रमा धेरैले रुचाएका व्यक्ति हुन् । केहि विवादित विषयमा नोट अफ डिसेन्ट लेखेर नेपाल बोर्डका केहि सिएहरुमाझ विवादित बनेपनि समग्र उनको काम गराई हेर्ने हो भने अधिकांस सिए सन्तुष्ट भएको देखिन्छ ।
म्यानुअल भोटले नै जित्छन्, केहि पोष्टल अझै आइनपुग्दा समस्या !
यसो त अच्युत राज जोशी म्यानुअल भोटले नै जित्ने कुरामा कुनै शंका छैन । उनको पोष्टल भोट पनि ठिकै संख्यामा आइपुगेको छ । तर विदेशबाट आइपुग्नुपर्ने केहि पोष्टल भोटहरु आइनपुगेकाले जोशीलाई त्यसले घाटा पारेको देखिन्छ । उनको अष्ट्रेलिया लगायत अन्य केहि देशबाट आइपुग्नुपर्ने पोष्टल भोट अझै आइपुगेको छैन । यद्यपी उनले जित्ने कुरामा कुनै पनि शंका नरहेको उनी निकट सिएहरुको दावी छ । यद्यपी पछिल्ला सिएहरु कम चिन्नु, एक बर्षको काउन्सिलकै ग्याप भएकाले देखिने गरी काम केहि नहुनुले उनलाई घाटा पक्कै परेको छ । तर उनको समर्थनमा बजारमा चलेका केहि सिएहरु राम्रै लागेकाले पनि उनलाई भोट राम्रै आउने कुरामा कुनै शंका छैन ।
जोशीको लडाईसँग जोडीएको भेट्रानहरुको साख !
यसो त अच्युत राज जोशीको जीतसँगै उनको इज्जत त छँदै छ बजारका केहि भेट्रान सिएहरुको साख पनि जोडिएको छ । एक्यानका कुनैबेलाका अध्यक्ष र बजारमा सधैं जसो कुनै न कुनै बाहानामा चर्चामा आइरहने भरत रिजाल अच्युत जोशीसँग ठाडो रुपमा जोडीएका छन् । बजारमा नाम चलेका सेलीब्रेटी सिए दीपक पाण्डेको समर्थन कडा रुपमै अच्युत जोशीलाई छ । अन्य केहि सिएहरु पनि अच्युत जोशीको पक्षमा राम्रै लागेका छन् । यहि कारणले पनि जोशीले चुनाव जित्ने पक्का छ भन्ने कुरामा कुनै दुईमत नै छैन । तर उनको कति मत आउँछ भन्ने कुराचाहिं प्रतिक्षाको विषय पक्कै बनेको छ । यता अच्युत जोशीले पनि आफ्नो चुनावी तयारी राम्रै भएको प्रतिक्रिया दिएका छन् । ‘जो जिते पनि त्यहाँ गएर प्रोफेसनका लागि काम गर्ने हो । मैले के गरेको छु वा के गर्न सकेन भन्ने मुल्यांकन साथीहरुले गर्नुभएकै होला ।’ चुनावको तयारीबारे सोध्दा उनले निकै कुटनीतिक जवाफ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्