
- सिए सरोकार सम्बाददाता
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु सिइओ)को जिम्मेवारी निराजन कंडेल नियुक्त भएका छन् ।
कम्पनीको पुष ९ गते शुक्रबार सम्पन्न ९७औं संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि मंगलबारदेखि लागू हुने गरी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कँडेललाई का.मु सिइओमा नियुक्त गरेको हो ।
कम्पनीका सिइओ प्रविणरमण पराजुलीको पदावधि पुस १२ गते सोमबार सकिएसँगै कँडेललाई उक्त पदमा नियुक्त गरिएको हो । बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत रहेका कँडेलले बीमाको दीगो विकास लक्ष्य पछ्याउँदै अघि बढ्ने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्